१० हजार घुससहित वन कार्यालयका ४ जना कर्मचारी पक्राउ | Khabarhub Khabarhub

१० हजार घुससहित वन कार्यालयका ४ जना कर्मचारी पक्राउ


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज सवडिभिजन वन कार्यालय राँझाका ४ जना कर्मचारी १० हजार घुससहित पक्राउ परेका छन् ।

निजी नम्बरी जग्गामा लगाइएका विभिन्न जातको रुख काटी गोलिया काठहरु टाँचा लगाइ छुट पूर्जि दिने भन्दै १० हजार घुस लिएको अवस्थामा ४ जना कर्मचारी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रेन्जर जगविर खत्री, फरेस्टरहरु बहादुर केसी र केशव बहादुर वली तथा वन रक्षक हरी कुमार चन्द छन् ।

४ जनालाई घुस लिइसकेको अवस्थामा नेपालगन्जको सुर्खेत रोडबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  १ : ०७ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ