मलेसियामा नेपाली श्रमिकलाई लक्षित कन्सुलर सेवा शिविर सञ्चालन गरिँदै | Khabarhub Khabarhub

मलेसियामा नेपाली श्रमिकलाई लक्षित कन्सुलर सेवा शिविर सञ्चालन गरिँदै


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसियास्थित नेपाल राजदूतावासले नेपाली श्रमिकलाई लक्षित गरेर कन्सुलर सेवा शिविर सञ्चालन गर्न भएको छ ।

दूतावासले यसै हप्ता चैत ३० गतेदेखि ०७६ वैशाख २१ गतेसम्म कन्सुलर सेवा शिविर सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।

दूतावासले मलेसियाको राजधानी क्वालालाम्पुरभन्दा बाहिरका शहरमा रहेका नेपाली कामदारहरुलाई सेवा दिन शिविरको आयोजना गर्न लागिएको जनाएको छ ।

राहदानी आवेदन संकलन, राहदानी जारी, यात्रा अनुमतिपत्र जारी, कागजात प्रमाणीकरण, श्रमिक सचेतना, श्रमिक गुनासो सुन्नका लागि शिविर सञ्चालन गरिएको दूतावासले जानकारी दिएको छ ।

शिविरमा कामदारले हाल भोगिरहेको समस्याका सुन्ने । कानुनी परामर्श दिने दूतावासले सूचना प्रकाशन गरी जानकारी गराएको छ ।

शिविर चैत ३० देखि असार २१ गतेसम्म

दूतावासले हाल जारी गरेको सूचना अनुसार चैत ३० गते क्लाङबाट शिविरको सुरुआत गरिने छ । त्यसपछि ०७६ वैशाख ७ गते क्लान्तानरतेराङगानुमा, १५ गते पहाङरक्यामरुन हाइल्याण्डमा, २२ गते बातुपाहतरजोहोरमा, २९ गते कोताकिनादालुरसाभामा शिविर आयोजना हुने छ ।

यस्तै, जेठ ५ गते इपो, १२ गते पेराकमा र जोहर वारु, जोहारमा, १८ गते अलो सेतार, केडामा, २६ गते पेनाङमा कार्यक्रम हुने छ । असार १ गते लङ्कावी, केडामा, ८ गते मिरि सारावाकमा, १५ गते मेलाकामा र २१ गते कुयान्तान, पाहाङमामा शिविर सञ्चालन गरिने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  २ : ३६ बजे

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित