३ दिनसम्म श्रमदान गरेर मोटरबाटोको स्तरोन्नति | Khabarhub Khabarhub

३ दिनसम्म श्रमदान गरेर मोटरबाटोको स्तरोन्नति


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वाराका बासिन्दाले ३ दिनसम्म श्रमदान गरेर गाउँमा पुग्ने मोटरबाटोको स्तरोन्नति गरेका छन् ।

भकुण्डे–तमाने–गौश्वारा जोड्ने मोटरबाटोको ४० मिटर क्षेत्रमा स्थानीयवासी मिलेर ढुङ्गा बिच्छ्याउने काम (सोलिङ) गरेका हुन् ।

“आफूले गर्न सक्ने र गरे हुने” कामका लागि सरकारी बजेटको मात्र आशा गर्नु हुँदैन भन्ने सन्देश प्रवाह गर्न गाउँलेले स्वतःस्फूर्तरूपमा श्रमदान गरेका अगुवा डम्मर सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार गौश्वाराका बासिन्दाले मोटरबाटोको सोलिङका लागि ३ दिनसम्म ढुङ्गा फोर्ने, बोक्ने र बिच्छ्याउने काम गरेका हुन् ।

बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य हुने उक्त मोटरबाटोको सोलिङ गरेको क्षेत्रमा अब राम्रोसँग यातायातका साधन सञ्चालन हुनसक्ने भएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १० : ४० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी