नेपाल बंगलादेशसँग पराजित, सागमा स्वर्णको सम्भावना सकियो | Khabarhub Khabarhub

नेपाल बंगलादेशसँग पराजित, सागमा स्वर्णको सम्भावना सकियो


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ । यो हारसँगै नेपालको स्वर्ण सम्भावना सकिएको छ ।

लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशको यू- २३ टिमसंग ४४ रनले पराजित भएसंगै नेपालको स्वर्ण सम्भावना सकिएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १ सय ५६ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो । खराब सुरुवात गरेको नेपालले १४ रनमा ३ विकेट गुमाएको थियो ।

नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए । उपकप्तान दिपेन्द्र सिंह ऐरीले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

बंगलादेशका तान्भिर इस्लाम, सौम्या सरकार, सुमोन खान र मेहेदी हसनले समान २/२ विकेट हात पारे । यसअघि पहिले ब्याटिङ गरेको बंगलादेश यू-२३ ले ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो ।

खराब सुरुवात गरेको बंगलादेशका लागि कप्तान नाजमुल होसेन सान्तो र आफिफ होसेनको ९४ रनको साझेदारी गरेपछी बंगलादेश लयमा फर्किएको थियो ।

उसका नाजमुल होसेन सान्तो र आफिफ होसेनले अर्धशतकीय पाली खेले । ६० बलको सामना गरेका सान्तोले ४ छक्का र ४ चौकाको मद्दतमा अविजित ७५ रन बनाए । यस्तै आफिफ होसेनले ५२ रन बनाए ।

चार खेलमा दुई जित र दुई हार व्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ । नेपालले ४ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा श्रीलंकासँग पराजित नेपालले दोस्रो खेलमा भुटानमाथि कीर्तिमानी जित निकालेको थियो । यस्तै शुक्रबार माल्दिभ्सलाई सहजै पराजित गरेको थियो ।

बंगलादेश यू-२३ ले ३ खेलमा ३ जित हात पार्दै ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै श्रीलंका यू-२३ समेत ३ खेलमा ६ अंकका साथ् तालिकाको दोस्रो स्थानमा छ । श्रीलंका र बंगलादेश एक खेल अगावै फाइनल प्रवेस गरेका छन् । अब नेपालले कास्य पदकको लागि माल्दिभ्ससंग खेल्ने छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  १ : १६ बजे

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित