सानैदेखि देशका लागि केही गर्ने गोपीको सपना १३ औं सागमा पूरा ! | Khabarhub Khabarhub

सानैदेखि देशका लागि केही गर्ने गोपीको सपना १३ औं सागमा पूरा !



काठमाडौं-‘२००६ श्रीलंकामा भएको दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका राजेन्द्र भण्डारी ३ हजार मिटरको दौड र ५ हजार मिटरको दौडमा गरी दुई स्वर्ण जिते । तर, उनी डोपिङमा परेपछि उनले जितेका दुवै स्वर्ण खोसियो,’ भन्ने समाचार स्कुलमा पढ्दा गोपीचन्द्र पार्कीका शिक्षकले कक्षामा सुनाएका थिए, त्यतिबेलै ।

२००६ मा नेपालले जितिसकेको स्वर्ण खोसिँदा उनले सागको मात्रै होइन् दौडकै मेसो पाएका थिएनन् । गाउँ तिर बिहान बेलुका दौडिने कुरा एउटा हो र प्रतियोगितामै दौडिने कुरा अर्को ।

गाउँमा दौडिने उनले नेपालको स्वर्ण खोसियो भन्ने समाचार सुनेपछि अब त्यसलाई फिर्ता ल्याउने जिम्मा आफ्नो हो भन्ने अठोट गरेका थिए । गोपिचन्द्र एथलेटिक्समा स्वर्ण जित्ने पाँचौ खेलाडी बनेका छन् ।

२०६३ सालमा राष्ट्रपति रनिङ सिल्डबाट पार्कीको दौड यात्रा शुरु भएको उनले एक सार्वजनिक कार्यक्रममा भनेका छन् । धनगढीका पार्की जिल्लाबाट केन्द्रसम्म पुग्दै अन्तर्राष्ट्रिय पदक जित्दा आफुले १४ बर्षसम्म मेहनत गर्नु परेको बताउँछन् ।

जिल्लामा हुँदा पनि गोपीचन्द्र खुबै मेहनती खेलाडी रहेको नेपाल एथलेटिक्स संघका वरिष्ठ उपाध्यक्ष तेजेन्द्र थापाले बताए । ‘गोपी निकै मेहनती खेलाडी हुन् । उनले जिल्लादेखि यहाँसमम आइपुग्न निकै धेरै मेहनत गरेका छन्,’ शुक्रबार एथलेटिक्स ट्रयाकमा भेटिएका थापाले भने ।

जिल्लाबाट दौड शुरु गरेका गोपीको व्यसायिक यात्रा भने शसस्त्र प्रहरीसँग जोडिएपछि मात्रै शुरु भयो । उनी २०६३–६४मा काठमाडौं आएका थिए । त्यतिबेला उनी सहभागी भएपनि पराजित हुँदै घर फर्किए ।

त्यो प्रतियोगितामा पराजित भएपनि उनले यदि दौडिने नै हो भने विभागमा लाग्नु पर्छ भन्ने बुझे । किनकी उनी विभागीय क्लबका खेलाडीसँग पराजित भएका थिए ।

त्यसपछि विभागमा पस्ने क्रममा उनी सशस्त्र प्रहरी बलमा छिर्ने अवसर पाए । २०६६ मा सशस्त्रमा छिरिसकेपछि पनि क्लब छिर्न निकै समस्या भएको उनको बुझाइ छ ।

‘प्रतियोगितामा आर्मी, प्रहरी र सशस्त्रले जित्दो रहेछ । अब मैले पनि विभागमा छिर्नु पर्छ भन्ने भयो त्यसै क्रममा म २०६६ सालमा सशस्त्रमा भर्ना भए । एसटीएभ तालिम लिए । तालिममा अव्वल ठहरिएँ। तर, त्यहाँ पनि गाह्रो रहेछ,’ गोपीचन्दले विगत सम्झिए, ‘म कहाँको खप्तडमा अनि कहाँको खेल । क्लमा पर्न निकै अफ्ठ्यारो थियो । पछि एपीएफका प्रशिक्षक नरसिह राणाले खेलका लागि काठमाडौं झिकाए ।

जिल्ला क्षेत्र हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका उनले आफ्नो मेहनतको फलका रुपमा सागको स्वर्णलाई लिएका छन् । त्यतिमात्रै होइन, यसबीचमा उनी म्याराथनले म्याराथन पनि खेलेका थिए ।

तर, डोपिङ परेर खोसिएको नेपालको पदक घर फर्काउनले लक्ष्य बनाएका उनी सागमा ५ हजार मिटरको दौडमा सहभागी भए । म्याराथनबाट छोटो दौडमा फर्र्किएका उनी आफ्नो पहिलो लक्ष्य पुरा भएको बताउँछन् ।

सागमा स्वर्ण जितेका पार्की अबको आफ्नो लक्ष्य कीर्तिमानधारी बैकुण्ठ मानन्धरको २ घण्टा १५ मिनेटकोे समयको कीर्तिमान तोड्ने लक्ष्यमा छन् ।

धावक बैकुण्ठले म्याराथनमा बनाएको उक्त कीर्तिमान नेपाली खेलाडीले तोडोस् भन्ने चाहन्छन् । तर, अहिलेसम्म दक्षिण एसियाली खेलकुदमा यो रेकर्ड कसैले पनि तोड्न सकेका छैनन् ।

‘बैकुण्ठ गुरुको योजना छ । उहाँको २ घण्टा १५ मिनेटको म्याराथनको रेकर्ड कुनै नेपाली खेलाडीले तोडिदिओस् भन्ने । अब म म्याराथन खेल्छु, त्यो रेकर्ड तोड्छु, पार्कीले भने,‘यसअघि पनि मैले ६ म्याराथनमा दौडिसकेको छु ।’

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  १ : २९ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र