प्रयोगमा आएनन् कम्प्युटर | Khabarhub Khabarhub

प्रयोगमा आएनन् कम्प्युटर


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरका लाखौँ मूल्यका कम्प्युटर प्रयोग हुन सकेको छैन।

विद्यालयलाई प्राप्त २२ थान कम्प्युटर सिक्न विद्यार्थी लालायित भए पनि शिक्षकको अभावमा यो विषय पठनपाठन हुन सकेको छैन ।

विगतमा विद्यालय आफैंले किनेका र जिल्ला शिक्षा समन्वय एकाइबाट प्राप्त २२ थान कम्प्युटर शिक्षक नहुँदा दुई वर्षअघिदेखि थन्किएर रहेका छन् । प्रयोगमा नआएर थन्किदा सबैजसो कम्प्युटर अब ‘कवाड’ बन्ने डर बढेको विद्यालयका प्रधानाध्यापक श्रीराम यादवले चिन्ता व्यक्त गरे ।

विद्यालयको पठनपाठन र शिक्षक व्यवस्थापनमा कसैले चासो नराखेका भङ्गाहा–४ का बासिन्दा स्थानीय अभिभावक गोविन्द खाँ थारु बताउँछन् ।

शिशु (बाल) कक्षादेखि १२ सम्म अध्ययन/अध्यापन हुने विद्यालयमा उपल्लो तहबाट शिक्षक नपठाउने र स्थानीयतहले चासो नराखी दिँदा कम्प्युटर काम नलाग्ने स्थितिमा पुगेको प्रधानाध्यापक यादवको स्वीकारोक्ति छ । विद्यालयमा शिशुदेखि १२ कक्षासम्म एक हजार ३०० विद्यार्थी अध्ययनरत छन् । जसमा कक्षा ११ र १२ का विद्यार्थीको सङ्ख्या १६० छ ।

विद्यालयका कक्षा ८ माथिका विद्यार्थीले दैनिकजसो नै कम्प्युटर शिक्षाबारे चासो राख्ने गरेका नेपाली विषयका शिक्षक कमलबहादुर श्रेष्ठ बताउँछन् । नगर प्रमुख सञ्जीवकुमार साह भने नगरभित्रका विद्यालयका भौतिक अवस्था रुग्ण रहेका र तिनको मर्मतसम्भारमै शिक्षा शीर्षकमा विनियोजित रकम खर्च हुने गरेकाले कम्प्युटर शिक्षकको प्रबन्ध गर्न नसकिएको बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  १० : ५० बजे

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान