युभेन्टसलाई पछि पार्ने इन्टर मिलानको मौका गुम्यो | Khabarhub Khabarhub

युभेन्टसलाई पछि पार्ने इन्टर मिलानको मौका गुम्यो


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटालियन सिरी ए फुटबलको लिडर इन्टर मिलानले दोस्रो स्थानको युभेन्टससँग अंक दूरी थप फराकिलो बनाउने मौका गुमाएको छ ।

लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा इन्टर मिलानले रोमासँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा इन्टर मिलानले गोलका लागि प्रयास गरे पनि गोल भने गर्न सकेन ।

बराबरीपछि शीर्ष स्थानको इन्टर मिलानको १५ खेलबाट ३८ अंक भएको छ । एक खेल कम खेलेको युभेन्टस मात्रै दुई अंकले पछि छ ।

शुक्रबार रातिको खेलमा जित निकालेको भए इन्टर मिलानले चार अंकको अग्रता लिने थियो । रोमा भने १५ खेलबाट २९ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ६ : ५० बजे

नवलपरासीमा ओलीले भने : सुस्ता नेपाली भूमि हो, भारतले छाडोस् भन्दा मुद्दा चलाए

नवलपरासी-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मिसन २०८४ त्यत्तिकै

सर्लाही प्रहरीद्वारा सात वटा टिपर नियन्त्रणमा 

सर्लाही– अबैधरुपमा खोलाबाट बालुवा र गिट्टी उत्खनन गरेर लोडिंग गरिरहेको

विश्व बैंकको १३ अर्ब १३ करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले विश्व बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर

अबदेखि सय रुपैयाँ दरको नोटमा नेपालको चुच्चे नक्सा

काठमाडौं- सरकारले १०० रुपैयाँ दरको नेपाली रुपैयाँको नोटमा चुच्चे नक्सा

मातातीर्थ औंशीमा चन्द्रागिरि नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं– मातातीर्थ औंशीको अवसरमा वैशाख २६ गते चन्द्रागिरि नगरपालिले सार्वजनिक