पिसाब फेर्दै गरेको भिडियो सार्वजनिक गरेपछि विवादमा तानिए ब्राजिलका राष्ट्रपति | Khabarhub Khabarhub

पिसाब फेर्दै गरेको भिडियो सार्वजनिक गरेपछि विवादमा तानिए ब्राजिलका राष्ट्रपति


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सामाजिक सञ्जाल ट्वििटमा अश्लील भिडियो सार्वजनिक गरेपछि ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति जैर बोलसोनारो विवादमा तानिएका छन् ।

बोलसोनारोले साओ पाउलो शहरमा भएको कार्निभल फेष्टिभलमा एकजना व्यक्तिले अर्का व्यक्तिको टाउकोमा पिसाब फेरेको भिडियो गत मंगलबार सार्वजनिक गरेपछि राष्ट्रपति बोलसोनारो विवादमा तानिएका हुन् ।

भिडियो सार्वजनिक गरेसँगै ब्राजिलका विभिन्न अभियन्ताहरुले बोलसोनारोले गोपनियताको हकको उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

ब्राजिलका पत्रकार फबियो पान्नुजियोले बोलसोनारोले सार्वजनिक गरेको भिडियो आफ्नी ६ वर्षीया छोरी तथा अन्य केटाकेटीले हेरेको भन्दै बोलसोनारोलाई तत्काल स्वास्थ्य सहायता चाहिएको टिप्पणी गरेका छन् ।

केहीले भने बोलसोनारोले अश्लील भिडियो सार्वजनिक गरेर ट्विटरको नियम उल्लङ्घन गरेको टिप्पणी गरेका छन् ।

भिडियोको क्याप्सनमा राष्ट्रपतिले लेखेका छन् – ‘म यो देखाउन सहज महसुस त गरिरहेको छैन । तर, हामीले मानिसहरुलाई सत्य कुरा बाहिर देखाउनुपर्छ ।’

मंगलबार सार्वजनिक भिडियोमा कार्निभल फेष्टिभलमा एक जना अर्धनग्न मानिस सडकछेउ रहेको बस बिसौनीको छानोमाथि चढेर नाचिरहेको देखिन्छ । त्यसको केही समयपछि नाचिरहेको मानिसले टाउको निहु¥याएका थिए भने बस बिसौनीको छतमै रहेका अर्का मानिसले उनको टाउकोमा पिसाब फेरेका थिए ।

‘ब्राजिलका कार्निभलका धेरै सडक पार्टीहरुमा यस्तै भइरहेको छ,’ उनले क्याप्सनमा थपेका छन् ।

मंगलबार भिडियो सार्वजनिक गरेका बोलसोनारोले बुधबार अर्को ट्विट गर्दै ‘गोल्डेन शावर भनेको के हो ?’ भन्ने प्रश्न गरेका थिए ।

लामो समयदेखि ब्राजिलका कन्जरभेटिभ दक्षिणपन्थी विचारका मानिसहरु ब्राजिलमा हुने कार्निभलमा अश्लील गतिविधिको आलोचना गर्दै आइरहेका छन् ।

यसअघि पनि लैङ्गिक तथा जातीय अल्पसङ्ख्यकविरुद्ध विभिन्न विवादास्पद टिप्पणी गर्दै आएका बोलसोनारो पटक–पटक विवादमा तानिँदै आएका छन् ।

यता ब्राजिलको राष्ट्रपति कार्यालयले भने राष्ट्रपतिले कार्निभलको भन्दा पनि कार्निभलको विकृति देखाउन खोजेको जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  २ : ३६ बजे

बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो

सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक

गोदावरी– कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती

म्याग्दीमा उन्मूलन भयो औलो

म्याग्दी– म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई

क्यानाडाको आश देखाएर यौन शोषण, बिहेको बहानामा दुबई लगेर बेचियो

काठमाडौं – क्यानाडा पठाइदिने प्रलोभन देखाएर युवतीलाई दुबईमा बेचेको अभियोगमा

नेता किमले गरे मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण

सोल– उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको