कपिलवस्तुमा गोली चल्यो : विप्लवका कार्यकर्ता घाइते | Khabarhub Khabarhub

कपिलवस्तुमा गोली चल्यो : विप्लवका कार्यकर्ता घाइते


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कपिलवस्तुमा प्रहरीको गोली लागेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता घाइते भएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका ९ सुन्दरजाडामा प्रहरीले छापा मार्न खोज्दा भागेका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका हुन् । घटनाको पुष्टि गर्दै नवलपरासीका एसपी प्रहरी उपरीक्षक अच्यूत पुडासैनीले एनसेलको टावरमा आगजनी गर्ने संकास्पद व्यक्तिका रुपमा छानविन गर्न खोज्दा भागेपछि प्रहरीले गोली चलाएको बताए ।

प्रहरीले रोकाको शिवराज नगरपालिका वडा नं. ९ सुन्दरजाडास्थित घरमा छापा मार्न खोज्दा उनी भागेका थिए । रोका भागेपछि प्रहरीले फायर खोलेको थियो । उनको खुट्टामा गोली लागेको छ । गोली लागेर घाइते भएका रोकाको बुटबल अञ्चल अस्पतालमा उपचार भइरहेको छ । रोकाको घरबाट २ थान एएमजी, त्यसको म्यागजिन ३ थान र चाईनिज पेस्तोल १ थान बरामद भएको छ ।

हिजो (बुधबार) धनगढी पुगेका गृहमन्त्री रामबहादुर थापाले देशमा भइरहेको ध्वम्सात्मक गतिविधि प्रति सरकार गम्भीर रहेको र संलग्नलाई कारबाही गर्ने बताएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  १० : ४९ बजे

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त