राष्ट्रपति किन सधैं विवादमा ? संसदले रोकेन अदालतले रोक्यो | Khabarhub Khabarhub

राष्ट्रपति किन सधैं विवादमा ? संसदले रोकेन अदालतले रोक्यो


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपतिको सवारीको विषयलाई लिएर सर्वसाधारणले गरेको विरोधको प्रसंगलाई नागरिक दैनिकले प्रमुखताका साथ छापेको छ । सर्वसाधारणले सवारीका लागि भनेर सडकमा गाडी चलाउन रोक लगाइएपनि आक्रोशित सर्वसाधारणले निषेधको अवज्ञा गरेका थिए । सेना दिवसको अवसरमा आयोजित रात्रिभोजमा सहभागी हुन जानेक्रममा राष्ट्रपतिको सवारी हुने सडकमा लामोसमय सवारीका साधन सञ्चालनमा रोक लगाइएको थियो ।

त्यस्तै कारागारबाट झिकाएर प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराइएका रेशम चौधरीलाई अदालतले टीकापुर घटनाका दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।

त्यसैगरी बैठक टारेर अन्सारीको बाटो खोल्ने खेल शीर्षकको समाचारमा संवैधानिक परिषदबाट मुस्लिम आयोगको अध्यक्ष पदमा सिफारिस भएपछि नागरिकतालगायत विवादमा तानिएका समीम अन्सारी संसदीय सुनुवाइ समितिमा नेकपाका अधिकांश सांसदले नचाहँदानचाहँदै पनि अनुमोदन हुने सम्भावना बढेको छ ।

अन्सारीलाई अस्वीकृत गर्न नेकपा एक्लैको दुई तिहाई पुग्दैन । त्यस्तै नेकपाका सांसदहरु यो विषयमा विभाजित भएकाले स्वीकृतिका लागि बहुमत पनि जुट्दैन । अस्वीकृतिका लागि दुई तिहाई र अनुमोदनका लागि बहुमत समिति सदस्य हुनुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ७ : १३ बजे

चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको

नक्कली नोटसहित एक महिला पक्राउ

जाजरकोट– नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

‘पुजार सार्की’को ट्रेलर रिलिजमा पल शाह किन अनुपस्थित ?

काठमाडौं– दिनेश राउतको निर्देशन रहेको मल्टिस्टार फिल्म ‘पुजार सार्की’को ट्रेलर

महानगरले सजावटका लागि राखिएका बत्तीको अध्ययन गर्ने

काठमाडौं– रातको समयमा सहरको सजावटका लागि काठमाडौँ महानगरपालिकाभित्र विभिन्न स्थानमा

चिकित्सक भन्छन्, ‘औषधि खान जाने अमृत नभए विष समान’  

काठमाडौं– काठमाडौँकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले