सर्वोच्चमा मुद्दाको ‘सेटिङ मिलाउने’ नासु पक्राउ, गोप्य रुपमा अनुसन्धान गर्दै अख्तियार | Khabarhub Khabarhub

सर्वोच्चमा मुद्दाको ‘सेटिङ मिलाउने’ नासु पक्राउ, गोप्य रुपमा अनुसन्धान गर्दै अख्तियार


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतका एक जना नायव सुब्बालाई पक्राउ गरेको छ ।

अदालतमा हुने ‘मुद्दाको सेटिङ’को घटनाबारे अनुसन्धानका क्रममा अदालतको अभिलेखालय शाखामा कार्यरत नासु सुधिर खड्कालाई पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो ।

अख्तियार स्रोतका अनुसार नासु खड्काले सर्वोच्च अदालतकै एकजना न्यायाधीशको नाम लिएर मुद्दा मिलाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग डिल गर्ने गरेका थिए ।

सोही सूचनाका आधारमा खड्कालाई पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो । ‘पहिलेदेखि नै अनुसन्धान भइरहेको घटनामा उनको संलग्नता देखिएका कारण नियन्त्रणमा लिइएको हो,’ स्रोतले खबरहबसँग भन्यो, ‘अहिले अनुसन्धान चलिरहेको छ ।’

खड्कालाई सोमबार पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो ।

अख्तियार स्रोतका अनुसार नासु खड्कामाथि गुपचुप रुपमा छानबिन भइरहेको छ । ‘यो घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुने संभावना देखिएको छ,’ स्रोतले खबरहबसँग भन्यो, ‘अहिले गोप्य रुपमा अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा अरुको संलग्नता देखिए थप व्यक्ति पनि पक्राउ पर्न सक्छन् ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता (सहसचिव) प्रदीप कोइरालाले अनुसन्धानकै क्रममा रहेको घटनाका विषयमा कुनै प्रतिक्रिया दिन नमिल्ने बताए ।

‘यो विषय अहिले अनुसन्धानकै क्रममा छ,’ खड्का पक्राउबारे खबरहबको जिज्ञासामा प्रवक्ता कोइरालाले भने, ‘अनुसन्धानकै क्रममा रहेको विषयमा हामीले धेरै कुरा बोल्न मिल्दैन ।’

खड्का पक्राउको विषयलाई सर्वोच्च अदालत स्रोतले पनि पुष्टि गरेको छ । तर, सर्वोच्चका अधिकारीहरुले उनको पक्राउबारे आधिकारिक जानकारी दिन मानेनन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ४ : ४५ बजे

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको