हरिबोधनी एकादशीमा सार्वजनिक बिदा | Khabarhub Khabarhub

हरिबोधनी एकादशीमा सार्वजनिक बिदा


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- भुम्लु गाउँपालिकाले यही कात्तिक २२ गते हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका बासिन्दालाई स्थानीय पर्वमा सहभागी हुन अपिल गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

स्थानीय संस्कृति, परम्परा, जात्राको संवद्र्धन प्रवद्र्धनका लागि बिदा दिइएको गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले बताए । ‘मूलखर्क भीमसेनस्थानमा हुने जात्राका लागि सार्वजजिक बिदा दियौँ’, उनले भने । उनका अनुसार उक्त जात्रा कोशीपारि क्षेत्रको प्रमुख र ठूलो मानिदै आएको छ ।

‘भ्रमण वर्ष–२०२०’ लक्षित वडा नं १ सापिङमा अवस्थित मूलखर्क भीमसेनस्थान जात्राका अवसरमा यही कात्तिक २२ र २३ गते सांस्कृतिक महोत्सव पनि आयोजना गरिएको छ ।

गाउँपालिकाको उचाइमा अवस्थित रमणीय भीमसेनस्थानबाट सूर्योदय–सूर्यास्त, गणेश, जुगल, गौरीशङ्कर हिमाल अवलोकन तथा छिमेकी जिल्ला नियाल्न सकिने भएकाले पर्यटकीयस्थलका रूपमा प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरिएको संयोजक किशोर बुढाथोकीले बताए ।

सांस्कृतिक महोत्सवमा स्थानीय संस्कृति झल्किने प्रस्तुतिका साथै उत्पादनको बिक्री तथा स्थानीय अग्र्यानिक तयारी खाद्य पदार्थका खाद्य कक्षसमेत राखिने आयोजकले जनाएको छ ।

हरिबोधनी एकादशी मेलाका दिन जिल्लाको खानीखोला गाउँपालिका–३ जुरेमा जुरे एकता युवा समाजले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक आशिष सिङ्तानले जानकारी दिए ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १० : १० बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको