पश्चिमी वायुको प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना | Khabarhub Khabarhub

पश्चिमी वायुको प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा अझैपनि पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभर आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशको पश्चिम क्षेत्र लगायत पहाडी भुभागमा आंशिक बदली छ भने अन्य भु-भागमा मौसम सामान्यतया सफा छ।

देशको मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रही १-२ स्थानहरुमा हल्का वर्षा/हिमपातको संभावना रहेकोले सामान्य सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

महाशाखाको ३ दिने मौसमी पूर्वानुमान यस्तो छ :

कार्तिक २० गते (बुधबार)

दिउँसो: देशको पश्चिम भु-भाग लगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ।

राति: देशको पश्चिम भु-भाग लगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ। देशका पश्चिमी भूभागको १/२ स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

कार्तिक २१ गते (बिहिबार)

दिउँसो: देशको पश्चिम भु-भाग लगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ। देशका पश्चिमी भूभागको १/२ स्थानहरुमा र साथै पूर्वी र मध्य पहाडि भु-भागमा १-२ स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

राति: देशको पश्चिम भु-भाग लगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ। देशका पश्चिमी भूभागको १/२ स्थानहरुमा र साथै पूर्वी र मध्य पहाडि भु-भागमा १-२ स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

कार्तिक २२ गते (शुक्रबार)

दिउँसो: देशको पश्चिम भु-भाग लगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ। देशका पश्चिमी भुभाग लगायत मध्य पहाडि भूभागको १/२ स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

राति: देशको पश्चिम भु-भाग लगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १० : ०० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर