नेपालले हङकङलाई ४ विकेटले हरायो | Khabarhub Khabarhub

नेपालले हङकङलाई ४ विकेटले हरायो


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।

सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ ।

अल अम्रेट क्रिकेट मैदानमा टस हारेर व्याटिङ गरेको हङकङले नेपाललाई जितका लागि १२६ रनको सामान्य लक्ष्य दिएको थियो ।

सो लक्ष्य नेपालले एक ओभर बाँकी छँदै पूरा गरेको हो । यसअघि पहिले व्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

लगातार दुई खेलमा हार बेहोरेको हङकङ नेपालसँगको हारसँगै थप दबाबमा परेको छ । नेपालले दोस्रो खेल सोमबार नेदरल्याण्डसँग खेल्नेछ ।

ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ८ : ०० बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को