लोकतन्त्रलाई निरंकुशताबाट नभई अराजकताबाट खतरा छ: प्रभु साह | Khabarhub Khabarhub

लोकतन्त्रलाई निरंकुशताबाट नभई अराजकताबाट खतरा छ: प्रभु साह


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले लोकतन्त्रलाई निरंकुशताबाट नभई अराजकताबाट खतरा भएको बताएका छन् ।

दशै, दिपावली तथा छठ पर्वको अवसरमा शुक्रबार रौतहटको गुजरा नगरपालिका-१, कोठियारमा नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष साहले संघीय गणतन्त्रात्मक व्यवस्थाविरुद्ध षड्यन्त्र गरि अराजक तत्वहरु सल्बलाएको टिप्पणी गरे ।

‘ संघर्षपछि प्राप्त यो व्यवस्थालाई अराजकताबाट खतरा छ न कि सिधिएर गइसकेको निरंकुशताबाट । तर केही दलले अफबाह फैलाइरहेका छन । निरंकुशतासंग जोडेर कम्युनिष्टलाई गलत देखाउने त्यस्ता तत्वहरु वास्तवमा अराजक कार्यमा संलग्न छन जुन लोकतन्त्रको लागि खतरा हो ।’ साहले भने ।

अध्यक्ष साहले समृद्धिको बाटोमा अग्रसर सरकारलाई बदनाम गर्न प्रतिगामी तत्वहरुले आफुले गरेको गलत काम वर्तमान सरकारको नाममा थुपार्न षड्यन्त्र गरेको बताए ।

साहले सरकारविरुद्ध गरिएको गलत प्रचारको पछि नलाग्न तथा यथार्थबारे आफैले मनन गर्न सबैलाई आग्रह गरे ।

उनले भने, “केही मान्छे तपाइको बीचमा आएर भनिरहेका छन् कि यो सरकारले केही गर्न सकेन, भ्रष्टाचार गरिरहेका छ, महिला हिंसा बढाएको छ । त्यस्ता व्यक्ति र तीनका दलहरुले हिजो पनि त्यही भनेको थियो । हिजो तिनीहरुले भने कि देशमा कम्युनिष्ट आउदा मठ मन्दिर फुटाउछ, धर्म मान्न दिदैन तर तपाइँहरु स्वयं साक्षी हुनुहुन्छ त्यस्तो केही भएन ।

उनले थपे, “प्रचण्ड भन्ने मान्छे नै छैन, पारस नै प्रचण्ड हो भन्ने मान्छेहरु पनि तिनै हुन्। महान जनयुद्धको कमान्डर कमरेड प्रचण्ड हुनुहुन्छ भन्ने कुराले तिनीहरुको झुट फेरि पनि सार्वजनिक भयो । त्यस्तै आज सरकारबारे जे गलत प्रचार हुदैछ त्यो हिजो जस्तै उनीहरुको फन्डा हो । म आग्रह गर्न चाहन्छु त्यस्ता हल्लाको पछाडी तपाईंहरु जस्तो बौद्धिक जनता लाग्नुहुनेछैन ।” “हिजो देशमा तस्करी थियो, सार्वजनिक जनिम व्यक्तिको नाममा रजिस्टर हुन्थ्यो । ओली सरकारले त तस्करी रोकिरहेको छ । आज सरकारले ती जग्गाहरु फिर्ता गराउदैछ र त्यो देखेर प्रतिक्रियावादीहरु आतिएका हुन । ” साहले भने ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ४ : ०८ बजे

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई

रुसी सेनामा रहेका नेपालीको संख्या अझै यकिन भएको छैन : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको