यसरी बनाउनुस् खसीको स्वादिष्ट भुटन | Khabarhub Khabarhub

यसरी बनाउनुस् खसीको स्वादिष्ट भुटन


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चाड­पर्वमा मासुका विभिन्न परिकारहरु बनाइन्छन् । दशैंमा सबैभन्दा बढी खसीको मासु प्रयोग हुन्छ । विश्वमै खसी परिकारहरु लोकप्रिय पनि मानिन्छन् ।

आन्द्रा, भुँडी, टाउको, रगत, अण्डकोष, जिब्रो, कलेजो, मृगौला, कान, खुट्टा इत्यादि विश्वको कहीँ न कहीँ प्रचलित छन्। दक्षिण एशियामा पनि विभिन्न भित्री अङ्गहरु खाने चलन छ।

नेपालमा विभिन्न जातिहरुका मानिसहरुले पनि विभिन्न पशुका विभिन्न प्रकारका त्यस्ता अङ्गको परिकार बनाएर खान्छन्। खसीको आन्द्रा­भुँडीको परिकार जुन भुटन र भुटुनका नामले चिनिन्छ ।

कसरी भुटन बनाउने ?

आवश्यक सामग्री

खसीको आन्द्रा­भुँडी एक किलो जति
बेसार दुई चम्चा
तोरीको तेल चार चम्चा
सुकेको रातो खुर्सानीको धुलो एक चम्चा
जिराको धुलो एक चम्चा
धनियाको धुलो एक चम्चा
लसुनको लेदो एक चम्चा
अदुवाको लेदो एक चम्चा
ल्वाङ­सुकमेलको धुलो एक चिम्टी
नून स्वादअनुसार

बनाउने तरिका

शुरुमा आन्द्रा­भुँडीलाई पानीले राम्ररी सफा गरी त्यसलाई एउटा भाँडामा एक चम्चा बेसार हाली उमाल्ने। लगभग आधा घण्टा उसिनेपछि चिसो पानीले पखाल्ने, त्यसपछि स­सानो टुक्रा बनाउने ।

एउटा फ्राई प्यानमा तेल राखी तताउने र आन्द्रा­भुँडी मज्जाले भुट्ने। त्यसपछि बेसार राख्ने र व्रmमशः सबै सामग्रीहरु राख्ने। मासु खैरो हुन्जेल त्यसलाई भुट्ने र निकाल्ने। अब त्यसलाई तात्तातो चिउरा, गोलभेडाको अचार वा अन्य खानासँग मिलाएर खान सकिन्छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ९ : ४८ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर