खेलकुद प्रशिक्षकको दशैं - छोराछोरीसँग घुम्नेदेखि चङ्गा उडाउनेसम्म | Khabarhub Khabarhub

खेलकुद प्रशिक्षकको दशैं – छोराछोरीसँग घुम्नेदेखि चङ्गा उडाउनेसम्म



काठमाडौं – बडा दशैं घर परिवार र आफन्तसँग भेटघाट हुने अवसर पनि हो । दशैंमा गाउँबाट टाढा रहेका मानिसहरु गाउँ फर्किन्छन् । विदेशमा रहेका मानिसहरु स्वदेश फर्किन्छन् ।

दशैं त्यतिकै पनि महान त्यसैमाथि आफन्त साथिभाई र परिवारसँगै बसेर मनाइने भएकाले पनि यसको महत्व अझ बढिछ । दशैंमा मिठो, मिठो खानेकुरा खाने, नयाँ नयाँ ठाउँ घुम्न जाने जस्ता काम पनि दशैं गरिन्छ ।

दशैंमा एकदमै चर्चामा रहेका खेलहरु चङ्गा उडाउने र पिङ खेल्ने जस्ता खेलमा पनि मानिसहरुले समय छुट्याएका हुन्छन् । तर, कहिले के भइदिन्छ भने आफुले सोचेको जसरी दशैं मनाउन पाइदैन् । त्यसरी दशैं मनाउन नपाउनुमा कहिले कामले रोक्छ त कहिले पारिवारिक बन्धनले ।

खबरहबले विभिन्न खेलका राष्ट्रिय टोलीका पूर्व खेलाडीसँग उनीहरुको दशैं सम्बाद गरेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को माहौल चलिरहेको छ । सागको बन्द प्रशिक्षणमा रहेका खेलका खेलाडी तथा प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि ५ दिनको विदा दिइसकेको छ ।

यो दशैंमा आनन्दसँग बाहिर टाढा घुम्न जान नपाएपनि घर परिवारसँग बसेर रमाइलो गर्ने लक्ष्यमा पूर्व खेलाडीहरु छन् ।

दिपक बिष्ट – तेक्वान्दो प्रशिक्षक

म यसापालिको दशैं काठमाडौं मै मनाउँछु । डडेलधुरा जान हुन्थ्यो बुबाआमा अस्ट्रेलिया जानु भएको छ । मंसिरमा हुने दक्षिण एसियाली खेलकुद (साग) ले गर्दा पनि यसपालि सधैजस्तो ‘फ्रि’ हुने माहौल छैन् ।

दशैंका लागि १० दिन जति विदा भएको भए सायद डडेलधुरा जान्थे होला तर, ५ दिनमात्रै छ त्यसैले यो दशैं यतै मनाउँछु । मेरो माहिलो भाइ पनि यतै छन् ।

उनको परिवार र मेरो परिवार एकैठाउँमा बसेर रमाइलो गर्दै दशैं मनाउँछौं । दशैंको टीका चाहीँ काका-काकीबाट थाप्छु । अघिल्लो बर्षको दशैं डडेलधुरा घरमा मनाएको यो बर्ष काठमाडौं दशैं हरौं भन्ने पनि छ ।

दिपक श्रेष्ठ – करातेका प्रशिक्षक

यसपालिको दशैं घर परिवार सँगै मनाउँछु । दशैंमा घरमा ९३ बर्षको हजुर आमा हुनुहन्छ उहाँको हातबाट टीका थाप्छु । अहिले म हात्तीबन बस्छु तर, दशैंमा टीका लगाउन चापागाउँ हजुरआमाकोमा जान्छु ।

यसपालि दशैंमा खासै घुम्ने योजना बनिसकेको छैन् । तर, समय मिल्यो भने लुम्बिनी जाने योजना छ । हेरौं के हुन्छ । घरपरिवार सानी छोरी छिन् उनलाई पनि समय दिन्छु ।

हरि खड्का – फुटबल प्रशिक्षक

म यसपालिको दशैं झापामा बुबाआमा घर परिवारसँग मनाउँछु । दक्षिण एसियाली खेलकुद (साग) ले गर्दा अलिकति व्यस्त छु । त्यसैले झापा जान आउनै ठिक्क समय हुन्छ । घरमा साथिभाइसँग गफ गर्दै २-४ दिन विति हाल्छ ।

यो दशैंमा घुम्न जाने कुनै कार्यक्रम छैन् । कतै घुम्न जाँउ भने पनि समय निकै कम छ । सागमा ध्यान दिएर लाग्नुछ ।

विनोद दास – क्रिकेट प्रशिक्षक

मेरो दशैं पनि काठमाडौंमै हुन्छ । घर परिवार बच्चा बच्चीसँग समय विताउँछु । यहाँबाट २-३ दिनका लागि कलैया पनि जान्छु । सबैजना यतै हुनुहुन्छ । तर, केही दिनका लागि भएपनि कलैया जाने योजना छ ।

संघिना बैधे – तेक्वान्दो प्रशिक्षक

यसपालिको दशैं मनाउन नुवाकोट जाने योजना थियो । तर, दक्षिण एसियाली खेलकुद (साग) ले गर्दा जान भ्याउँदिन जस्तो छ । घर जान नपाए पनि काठमाडौंमै बसेर दशैं मनाउँछु ।

दशैंमा मलाई चाँहि चङ्गा उडाउन मन पर्छ । यसपाली मैले पनि काठमाडौंमा चङ्गा उडाउछु । दशैंमा बुबा-मुबाको हातबाट टीका थाप्छु । दशैंसँगै यसपालि साग भएकाले सबैजना त्यसमा ध्यान दिएर लागेका छौं ।

घुम्न जान हुन्थ्यो । तर, पनि सबैजनाको समय नमिल्दा समस्या भएको हो । मेरो सबैजना व्यस्त छन् । घुम्न जानलाई परिवारका सबै जनाको समय मिल्यो भने जाने योजना पनि थियो । तर, समय नमिल्दा यसपालि दशैंमा भ्रमण चाहिँ छैन् ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  २ : ३० बजे

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-७

विश्वासको मत नलिए नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन्छ : सचेतक भण्डारी

विराटनगर– कोसी प्रदेशसभा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख

सेती नदिमा बेपत्ता भएका एक जनाको शव फेला

डोटी– डोटी जिल्लाको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदिमा नुहाउने क्रममा

देशका चार सय ३६ स्थानमा डढेलो

काठमाडौं– देश भर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ

रेसुङ्गा पर्यटनका लागि सम्भावना बोकेको क्षेत्र हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका