एन्जर्सविरुद्ध पीएसजीको शानदार जीत | Khabarhub Khabarhub

एन्जर्सविरुद्ध पीएसजीको शानदार जीत


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जीत निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन पाब्लो सारबिया, माउरो इकार्डी, इद्रिसा ग्युए र नेयमारले एक-एक गोल गरेका थिए ।

खेलको १३ औं मिनेटमा सारबियाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा इकार्डीले गोल गर्दा पीएसजीको अग्रता २-० को बन्यो । ५९ औं मिनेटमा इद्रिसाले गोल गर्दै पीएसजीको अग्रता ३-० को बनाए । त्यसपछि खेलको इन्जुरी समयमा नेयमारले गोल गर्दै पीएसजीलाई ४-० को जित दिलाए ।

जितसँगै शीर्ष स्थानको पीएसजीले ९ खेलबाट २१ अंक जोडेको छ । र, दोस्रो स्थानको नान्टेस भन्दा ५ अंकले अघि छ । एन्जर्स १६ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ७ : ४१ बजे

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई