धनाढ्यले मात्र चुनाव जित्ने पद्धति सुधारौँः वरिष्ठ नेता खनाल | Khabarhub Khabarhub

धनाढ्यले मात्र चुनाव जित्ने पद्धति सुधारौँः वरिष्ठ नेता खनाल


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर- नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अहिलेकै निर्वाचन पद्धति मान्ने हो भने धनाढ्यले मात्र चुनाव जित्ने भन्दै निर्वाचन पद्धतिमा सुधारको खाँचो औँल्याएका छन् ।

शुक्रबार भद्रपुर जेसिजको कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले निर्वाचनमा गरीबले समेत उम्मेदवार बनेर जित्न सक्ने पद्धतिको स्थापना गर्न नसकिए लोकतन्त्रबाट जनता टाढिने बताए ।

उनले चुनावमा हुने असीमित खर्चको विरोध गरे । समाजवादी गन्तब्यतर्फ मुलुकलाई लैजान युवा गम्भीर हुनुपर्ने नेता खनालको भनाइ थियो ।

भद्रपुरमा शुक्रबारदेखि शुरु भएको जेसीज सम्मेलनमा पूर्वका ३९ जिल्लाका झण्डै आठ अगुवा जेसीजकर्मीको सहभागिता रहेको भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ९ : २० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र