ऋण लिन कर कार्यालयमा बुझाएको विवरण अनिवार्य चाहिने | Khabarhub Khabarhub

ऋण लिन कर कार्यालयमा बुझाएको विवरण अनिवार्य चाहिने


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकहरुबाट ऋण लिँदा कर कार्यालयमा बुझाएको विवरण पेश गरेपछि मात्रै पाइने भएको छ ।

नेपाल राष्ट्र बैकले ‘सर्कुलर’ जारी गर्दै कर कार्यालयमा बुझाएको विवरण पेस गरेपछि मात्रै ऋण दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकले वित्तीय पारदर्शिताका लागि व्यवसायीहरुले कर प्रशासनमा पेस गरेको वित्तीय विवरण र बैंक तथा वित्तीय संस्थामा पेस गरेको वित्तीय विवरण एउटै हुनुपर्ने व्यवस्था गरेको छ ।

यदि त्यस्तो विवरण एउटै नभए बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्ने छैनन् ।

व्यवसायीहरु आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीमा समावेश गरिएको ऋण लिन चाहने व्यक्तिले भर्नुपर्ने वित्तीय विवरणसँग सम्बन्धित विवरणको आधारमा स्वीकृत ऋण रकम र मिति अनिवार्य रुपमा खुलाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

व्यवसायीहरुले कर कार्यलयलाई र कर्जा लिनका लागि बैंकमा पेश गर्ने वित्तीय विवरण फरक भएपछि यसलाई एकरुपता ल्याउन यस्तो व्यवस्था गरेको हो ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ७ : ४८ बजे

डेडिकेटेड ट्रंकलाइन महसुल विवादमा आयोगको प्रतिवेदन

काठमाडौं– सरकारले उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीचमा पैदा भएको डेडिकेटेड

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको