मलेसियामा सुपरभाइजरको हत्या अभियोगमा दुई नेपाली पक्राउ | Khabarhub Khabarhub

मलेसियामा सुपरभाइजरको हत्या अभियोगमा दुई नेपाली पक्राउ


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफ्नै कम्पनीका सुपरभाइजरको हत्या गरेको अभियोगमा मलेसियामा २ नेपाली पक्राउ परेका छन् । मलेसियामा कम्पनीले तलब नदिएको निहुँमा एक नेपाली सुरक्षा गार्डले हेल्टेमटले हानेर आफ्नो सुपरभाइजरको हत्या गरेको अभियोग लागेपछि पक्राउ परेका हुन् ।

गत सोमबार उनले हेल्टेमटले हानेर हत्या गरेका थिए । उक्त घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । तर घटना कहाँ र कहिले भएको भन्ने विषयमा मलेसिया प्रहरीले पुष्टि गरेको भने छैन ।

मलेसियाली स्थानीय सञ्चार माध्यमका अनुसार सुरक्षा गार्डले तलव नपाएको निहुँमा हेल्मेटले हानेर मरणासन्न बनाएका सुपरभाइजर पछि मृतक भेटिएका थिए । मृत्य भएका सुपरभाइजर ५४ वर्षका मलेसियन नागरिक लिपोह मेङ रहेको जनाइएको छ ।

घटनास्थलको सीसीटीभी फुटेजमा १ तारिख बेलुकी ६ बजेर १० मिनेटमा नेपाली सुरक्षा गार्डले कुटपीट गरेको मलेसिया प्रहरीलाई उदृत गदै त्यहाँ स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेका छ ।

उनीहरुलाई घटना भएको अपार्टमेण्टबाट नै पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा दुईजना नेपाली सुरक्षा गाड तथा एक जना सुरक्षा गार्ड व्यवस्थापक भएको मलेसियाका स्थानिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १ : २८ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड