जिम्बाब्वेका पूर्व राष्ट्रपति मुगाबेको निधन | Khabarhub Khabarhub

जिम्बाब्वेका पूर्व राष्ट्रपति मुगाबेको निधन


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको मृत्यु भएको छ । मुगाबेको ९५ वर्षको उमेरमा मृत्यु भएको हो ।

मुगाबे जिम्बाब्वे स्वतन्त्र भएपछि देशको पहिलो प्रधानमन्त्री निर्वाचित भएका थिए। पछि उनी राष्ट्रपति बनेका थिए । उनले तीन दशक देशमा शासन गरेका थिए।

उनी केही समयदेखि बिरामी थिए र उनको गत एप्रिलदेखि सिङ्गापुरमा उपचार भएको बीबीसीले उल्लेख गरेको छ । सन् २०१७ को नोभेम्बरमा देशको सेनाले उनलाई अपदस्थ गरेको थियो। उनलाई सेनाले नजरबन्द गरेको थियो।

जिम्बाब्वेका शिक्षासचिवले मुगाबेको मृत्युमा शोक प्रकट गर्द ट्वीट गरेका छन्। उनको ट्वीट यस्तो छ ।

मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा तत्कालीन रोडेशियामा भएको थियो। तत्कालीन सरकारको आलोचना गरेकाले उनलाई सन् १९६४ मा मुद्दा नचलाई १० वर्षसम्म कारागारमा हालिएको थियो।

देश स्वतन्त्र भएपछि सन् १९८० मा मुगाबे जिम्बाब्वेको प्रधानमन्त्री निर्वाचित भए। त्यसपछि प्रधानमन्त्री प्रणाली हटाउँदै उनी सन् १९८७ मा राष्ट्रपति बने।

आफ्नो शासनकालका शुरुका वर्षमा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा बहुसङ्ख्यक काला जातिका मानिसलाई पहुँच दिएर प्रशंसा बटुले। तर उनको विवादास्पद भूमिसुधार नीतिका कारण देशमा ठूलो आर्थिक सङ्कट उत्पन्न भयो। पछि उनको शासनकाल अख्तियार दुरुपयोग र भ्रष्टाकारका कारण विवादास्पद बन्यो।

उनका उत्तराधिकारी एमरसन मनाङ्गाग्वाले मुगाबेको निधनमा शोक प्रकट गर्दै उनलाई “जिम्बाव्वे स्थापना गर्ने पिता” तथा “मुक्तिका प्रतीक” को सङ्ज्ञा दिएका छन्।

सन् १९७३ मा कारागारभित्र हुँदा नै उनी जिम्बाब्वे अफ्रकिन न्याश्नल यूनिअन (जानु) को अध्यक्ष निर्वाचित भएका थिए। उनी जानुका संस्थापक सदस्य थिए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १२ : ०१ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने