मुसाले जाँड खाएपछि... | Khabarhub Khabarhub

मुसाले जाँड खाएपछि…


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निक्कै दिनदेखि मासु खान नपाएको बिरालो मुसाको खोजीमा लागेको थियो । यही बेला एउटा मुसो जाँडको घ्याम्पोमा छिर्‍यो । यो दृश्य बिरालोले देखिरहेको थियो । बिरालो मौका यही हो भनेर घ्याम्पो नजिक पुग्यो ।

नजिकै बिरालो देखेपछि ज्यान नै गुमाउन लागेको मुसोले चिच्याउँदै भन्यो ।
मुसो- बिरालो दाइ, बिरालो दाइ । मलाई बाहिर निकाल्दिनुस् न ।
बिरालो- निकाल्न त निकालौंला तर, एक प्रस्ताव छ । तिमीलाई बाहिर निस्केपछि मैले खान पाउनुपर्छ ।
मुसो- हुन्छ । म यही मर्न लागेँ । बरु बाहिर निस्केपछि तपाईंले जे गरेपनि हुन्छ ।

यो प्रस्ताव मुसाले मानेपछि बिरालोले घ्याम्पो लडाइएछ । मुसो पनि घ्यामेपोवाट फुत्त निस्केर दुलो भित्र छिर्‍यो । यो देखेर बिरालो छक्क पर्‍यो ।

मुसो- घ्याम्पाबाट बाहिर निकालेकोमा धन्यवाद बिरालो दाइ ।
बिरालो – (रिसले चुर भएको बिरालोले जङ्गिदै) अघि तैले के भनेको थिइस ?
मुसो- (नम्र भएर भनेछ) आ दाइ छाडिदिनुहोस् अघि जाँड लागेका बेला के–के भनेँ–भनेँ नरिसाउनु है ।

यति भनेर मुसो दुलोभित्र पसेछ । बिरालो फ्ल्याँट ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १० : ४१ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको