बैंक तथा वित्तीय संस्थालाई दिइएको बीमा अभिकर्ताको अनुमति खारेज | Khabarhub Khabarhub

बैंक तथा वित्तीय संस्थालाई दिइएको बीमा अभिकर्ताको अनुमति खारेज


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिइएको बीमा अभिकर्ताको अनुमति खारेज गरिदिएको छ । मौद्रिक नीतिलाई सम्बोधन गर्न सोमबार केन्द्रीय बैंकले जारी गरेको एकीकृत निदेशिकामा बैंकहरुलाई बीमा कम्पनीको बीमा अभिकर्ताको रुपमा दिइँदै आएको अनुमति खारेज गरेको हो ।

कर्जा प्रवाहमा ऋणी आफैले छानेको कम्पनीमा बीमा गर्न भने काम गर्ने निर्देशिकमा उल्लेख गरिएको छ ।

बैंकले सोमबार जारी गरेको एकीकृत निर्देशिकाअनुसार बैंकहरुले बीमा कम्पनीहरुको बीमा लेख बिक्री गर्ने नपाउने व्यवस्था गरेको छ । बीमा अभिकर्ताको अनुमति नदिने नीति तर्जुमा गरेको नेपाल राष्ट्र बैंकले बाणिज्य तथा विकास बैंकहरुलाई यसअघि दिँदै आएको बीमा अभिकर्ताहरु पनि खारेज हुने जनाएको छ ।

बैंकले बैंक तथा वित्तीय सम्बन्धी ऐन, २०७३ को दफा ४९ उपदफा (१) ले गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणीले छनोट गरेको बीमा कम्पनीबाट मात्रै कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्ति वा बिना धितो कर्जा परियोजनाको मात्रै बीमा गारउन सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १ : ०५ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा