दक्षिण अफ्रिकी क्रिकेटर स्टेनले लिए टेस्ट क्रिकेटबाट सन्यास | Khabarhub Khabarhub

दक्षिण अफ्रिकी क्रिकेटर स्टेनले लिए टेस्ट क्रिकेटबाट सन्यास


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर डेल स्टेनले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

३६ वर्षे तीव्र गतिका बलर स्टेनले सोमबार टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । स्टेनले दक्षिण अफ्रिकाबाट एकदिवसीय र टी–ट्वान्टी क्रिकेटलाई भने निरन्तरता दिनेछन् ।

इंग्ल्याण्ड विश्वकपमा स्टेनको कुममा चोट बोकेका थिए । जसको कारण उनले विश्वकप नै गुमाउनु परेको थियो ।

स्टेन टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले अफ्रिकाबाट सन् २००४ मा टेस्टमा डेब्यु गरेका थिए भने अहिलेसम्म ४३९ विकेट लिएका छन् ।

उनले टेस्ट कहिल्यै नखेल्ने घोषणा गर्नु आफ्ना लागि दु:खद् भएपनि छुट्टिनु परेको बताए । ‘आज म, मैले सबैभन्दा धेरै मन पराएको क्रिकेट फर्म्याटबाट विदाको घोषणा गर्दैछु,’ स्टेनले भने, ‘मेरो विचारमा क्रिकेटको राम्रो भर्जन टेस्ट नै हो । जसले शारिरिक, मानसिक र भावनात्मक रुपमा छुन्छ ।’

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ११ : ०१ बजे

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम