क्रिकेट खेल जीवनबाट सन्यास लिने म्याकुलमको घोषणा | Khabarhub Khabarhub

क्रिकेट खेल जीवनबाट सन्यास लिने म्याकुलमको घोषणा


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्युजिल्याण्डका विकेटकिपर ब्याट्सम्यान ब्रेन्डन म्याकुलमले क्रिकेट खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । म्याकुलमले सोमबार क्यानडामा जारी ग्लोबल टी-ट्वान्टी क्रिकेट सकिएपछि सबै खाले क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

३७ वर्षे म्याकुलमले सामाजिक संजाल ट्वीटरबाट सन्यास घोषणा गरेका हुन् । म्याकुलम टोरन्टो नेसनलबाट ग्लोबल टी-ट्वान्टी खेलिरहेका छन् । ‘ग्लोबल टी-ट्वान्टीपछि सबै खाले क्रिकेटबाट सन्यासको आज घोषणा गर्दछु । २० वर्षे क्रिकेट करियरमा मलाई गर्व छ । मेरो परिवार, टिममेट, प्रशिक्षक, समर्थक सम्पूर्णमा धेरै धन्यवाद,’ म्याकुलमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सन्याससँगै म्याकुलमले युरो टी-ट्वान्टी स्लाम समेत नखेल्ने बताएका छन् । म्याकुलमले सन् २०१६ मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।

म्याकुलमले न्युजिल्याण्डका लागि १०१ टेष्टमा ६ हजार ४५३ रन बनाएका थिए । यस्तै २६० एकदिवसीयमा ६ हजार ८३ रन जोड्दा ७१ टी-ट्वान्टीमा २ हजार १४० रन बनाएका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ७ : ४४ बजे

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार