अस्ट्रेलियाले इंग्ल्याण्डविरुद्ध निकाल्यो प्रभावशाली जीत | Khabarhub Khabarhub

अस्ट्रेलियाले इंग्ल्याण्डविरुद्ध निकाल्यो प्रभावशाली जीत


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसेज सिरिज अन्तर्गत पहिलो टेष्टमा अष्ट्रेलियाले इग्ल्याण्डविरुद्ध २ सय ५१ रनको प्रभावशाली जित हात पारेकाे छ । जितसंगै अष्ट्रेलियाले ५ खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

३ सय ९८ रनको लक्ष्य पछ्याएको ईङ्ल्याण्ड ५२ दशमलव ३ ओभरमा १ सय ४६ रनमा समेटिएको थियो ।

विशाल लक्ष्य पछ्याउने क्रममा क्रिस वाेक्सले पाँचौ तथा अन्तिम दिन बनाएको ३७ रन ईङ्ल्याण्डको सर्वाधिक ठुलो स्कोर रह्यो । जासन रोय र जोए रुटले समान २८ रन बनाए । उसका ६ ब्याट्सम्यानले दोहरो अंकको स्कोर छुन सकेनन् ।

अष्ट्रेलियाका नाथल लियोनले ६ विकेट लिदै ईङ्ल्याण्डको ईनिङ्स ध्वस्त बनाउने काम गरे । उनले २० ओभरमा ४९ रन खर्चिएर ६ विकेट लिएका थिए । यस्तै अष्ट्रेलियाका पट कमिन्सले ४ विकेट लिए ।

पहिलो ईनिङ्समा अष्ट्रेलिया २ सय ८४ मा अलआउट भएको थियो । जवाफी ब्याटिङमा उत्रिएको ईङ्ल्याण्डले ३ सय ७४ रन बनाउन सबै विकेट गुमाएको थियो ।

दोस्रो ईनिङ्समा अष्ट्रेलियाका लागि स्टेभन स्मिथ र म्याथ्यु वेडले शतकिय ईनिङ्स खेल्दै विशाल लक्ष्य खडा गरेका थिए । एउटै टेष्टमा दोस्रो सतक प्रहार गर्ने क्रममा स्मिथले १ सय ४२ रन बनाएका थिए ।

वेडले समेत सतकिय ईनिङ्स खेलेपछि अष्ट्रेलियाले ७ विकेट गुमाएर ४ सय ८७ रन बनाएको अवस्थामा ईनिङ्स डिक्लियरको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ७ : २७ बजे

कर्णाली सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र

सडक स्तरोन्नतिका लागि सम्झौता

तनहुँ– तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र