सपनामा आफ्नै बिहे भएको देख्नुभयो, के फल मिल्छ ? | Khabarhub Khabarhub

सपनामा आफ्नै बिहे भएको देख्नुभयो, के फल मिल्छ ?


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सपनाका विषयमा केही भ्रम र केही यथार्थ हुन्छ भन्ने मान्यतामा मानिसहरु हुन्छन् । कसैको सपनाको फल तत्काल मिल्छ भन्ने भ्रम पनि पालेका हुन्छन् । यति हुँदा पनि कस्तो सपना देख्दा के फल मिल्छ भन्ने विषय सवैलाई जानकारी नहुन सक्छ ।

सपना देख्नु स्वभाविक हो, कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन । अधिकांशका धेरै सपना अधुरा नै रहन्छन् । हामीले देख्ने सपना कहीँ न कहीँ बिपनासँग पनि जोडिएको हुन्छ।

कति सपना निदाउँदा देखिन्छ भने कति सपनाले निदाउँनै दिँदैन । हामीले देख्ने सपनाको दैनिक जीवनमा शुभ अशुभ संकेत गर्छ भन्ने जनविश्वास छ ।

ज्योतिष शास्त्रअनुसार सपनामा आफ्नै विवाह भएको देख्दा के कस्तो फल मिल्छ भन्ने बारे यहाँ चर्चा गरिएको छ । यदि कोही व्यक्ति सपनामा विवाह वा त्यससँग सम्बन्धित अन्य कुनै वस्तु देख्दछ भने त्यसको शुभ र अशुभ दुबै अर्थ हुन्छ ।

सपनामा आफ्नै विवाह भएको देख्नुभयो अथवा साथी, नातेदार कसैको विवाह भएको देख्नु भयो भने यस्तो सपनाको शुभ संकेत मानिदैन । यस्तो सपना देख्दा तपाईँको काममा कुनै बाधा आउनसक्ने संकेत दिन्छ।

यदि तपाईँले कोही महिलाको विवाह हुँदै गरेको देख्नुभयो भने यो तपाईँको लागि शुभ संकेत हुने विश्वास गरिन्छ । यस्तो सपना देखे तपाईँको जीवनमा छिट्टै खुशी आउनेवाला छ भनेर बुझिन्छ। तर बेहुली रुँदै गरेको देख्नुभयो भने त्यसलाई अशुभ मानिन्छ।

यदि कोही केटी आफ्नो सपनामा प्रेमीले अर्कै केटीसँग विवाह गरेको देख्नुभयो भने मान्नुस त्यसको विवाह छिट्टै हुन्छ। विवाहका गहना देखे पनि छिट्टै विवाह हुने संकेत बुझिन्छ। सामान्यतया आफूले देखेको सपनाको फल विपनामा ठिक विपरित हुन्छ भन्ने मान्नेता राखिन्छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ६ : १४ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल