यसरी पाउन सकिन्छ नेदरल्याण्ड्सको पीआर | Khabarhub Khabarhub

यसरी पाउन सकिन्छ नेदरल्याण्ड्सको पीआर


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युरोपेली मुलुक नेदरल्याण्ड्समा हरेक वर्ष अध्ययन, रोजगार र भ्रमणका लागि जाने गरेका छन् । धेरैलाई त्यहीँ बसोबास गर्ने चाहना पनि हुनसक्छ ।

त्यहाँ बसोबास गर्न आवश्यक स्थायी बसोबास अनुमतिपत्र पीआर कसरी पाउने होला भन्ने पनि त्यहाँ बसोबास गरिरहेकालाई जिज्ञासा हुने गर्छ ।

कसरी पाइन्छ नेदरल्याण्ड्सको पीआर ?

नेदरल्याण्ड्सले दिने पीआर मूलतः दुई किसिमको वर्गीकरण गरिएको छ । नेदरल्याण्ड्सले युरोपेली मुलुकका नागरिक तथा नेपालजस्ता गैर युरोपेली मुलुकका नागरिकलाई गरि दुई फरक वर्गमा स्थायी बसोबास अनुमतिपत्र प्रदान गर्छ । यसअनुसार नेपालजस्ता गैर युरोपेली मुलुकका नागरिकका लागि नेदरल्याण्ड्सको पीआर पाउन युरोपेली मुलुकका नागरिकलाई भन्दा केही जटिल छ ।

गैर युरोपेली मुलुकका नागरिकले नेदरल्याण्ड्सको पीआर पाउन त्यहाँ निरन्तर ५ वर्षसम्म वैधानिक रुपमा अल्पकालिन बसोबास गरेको दस्तावेज हुनुपर्छ ।

पीआर पाउन आफूसँग आयको पर्याप्त श्रोत भएको र डच समाजमा घुलमिल भएको हुनुपर्छ । त्यस्तै, आफू डच समाज तथा राष्ट्रका लागि सुरक्षा चुनौतिका रुपमा तोकिएको हुनुहुन्न ।

यसपछि राहदानी र अन्य ट्राभल डकुमेन्ट, आय श्रोतको प्रमाण तथा डच समाजमा घुलमिल भएको प्रमाणपत्र तथा १५६ युरो तिरेर पीआरका लागि आवेदन दिन सकिन्छ ।

आवेदकले युरोपेली आयोगको मापदण्ड पूरा गरे–नगरेको त्यहाँको अध्यागमन तथा अङ्गीकृत सेवाले निक्र्यौल गर्छ । आवेदकले युरोपेली मापदण्ड पूरा गरेको निश्चित भएमा आवेदकलाई युरोपेली ‘लङ टर्म रेजिडेन्ट’ सहितको पीआर दिइन्छ । यस्तो किसिमको पीआर पाएकाहरुले युरोपेली युनियन ईयूका अन्य सदस्य राष्ट्रहरुमा समेत गएर बसोबास गर्न सक्छन् ।

तर, युरोपेली आयोगको मापदण्ड पूरा नगर्ने आवेदकलाई भने नेदरल्याण्ड्को राष्ट्रिय मापदण्डमा रही पीआर दिइन्छ । यस्तो पीआर पाउनेले युरोपेली ‘लङ टर्म रेजिडेन्ट’ जस्तो अधिक अधिकारको उपयोग भने गर्न पाउन्नन् ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ५ : ३३ बजे

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४