श्रृंखलाबद्ध हत्याको घटनामा संलग्न खान पक्राउ | Khabarhub Khabarhub

श्रृंखलाबद्ध हत्याको घटनामा संलग्न खान पक्राउ


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीको खोजीको सूचीमा रहेका आठ जनाको हत्यामा संलग्न नसिम खान पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले शनिबार बिहान काठमाडौंको नयाँ बानेश्वरबाट खानलाई पक्राउ गरेको हो ।

अपहरण, फिरौती र हत्याको घटनामा संलग्न खान पछिल्लो समय २०७४ फागुनमा मोहम्मद रहमानको अपहरणपछि हत्यामा संलग्न थिए । त्यसपछि फरार उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको सिआइबीका एसपी दीपक रेग्मीले जानकारी दिए ।

पक्राउ परेका खानलाई कपिलवस्तु पठाउने तयारी भइरहेको एसपी रेग्मीले बताए । कपिलवस्तुमा श्रृंखलाबद्ध घटनामा संलग्न उनी भारतमा लुकीछिपी बस्दै आएका थिए । खान विभिन्न ८ वटा हत्या घटनामा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  २ : ३९ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७