बिर्सने समस्या हटाउन व्यायाम गर्नुस, तनाव मुक्त बन्नुहोस् | Khabarhub Khabarhub

बिर्सने समस्या हटाउन व्यायाम गर्नुस, तनाव मुक्त बन्नुहोस्


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मनस्थितिमा सबै कुरा बस्न सक्दैन । कति कुरा चाँडै विर्सन पनि आवश्यक छ तर धेरै कुरा हाम्रो जीवनमा दोहोरिरहने भएकाले सम्झन पर्छ । पढेका कुरा सम्झन आवश्यक छ भने दु:ख, पीर, व्यथा र बेदनाका कुरा बिर्सन सक्नुपर्छ ।

तर धेरै कुरा जुन दैनिक जीवनमा आइरहन्छन् ती कुरा पनि सम्झन सक्नुभएको छैन भने मेमोरी पावर बढाउने निम्न टिप्स तपाईंका लागि उपयोगि बन्न सक्छन् ।

वंशाणुगत गुण, विभिन्न मानसिक रोग, अत्याधिक थकाई तथा अन्य विविध कारणले गुम्दै गएको मेमोरी पावर नियमित व्यायाम गरेर फेरी कायम राख्न सकिन्छ ।

धेरै उमेर भएको वयस्कहरुमा अल्जाइमरको लक्षण देखिने बित्तिकै यदि उनले दैनिक रुपमा व्यायाम गर्छन् भने सम्झने क्षमतामा बृद्धि हुने एक सर्वेले बताएको छ ।

त्यसैले मस्तिष्क लाई सुरक्षात्मक असर उत्पन्न गराउन दैनिक रुपमा व्यायाम गर्नुपर्ने अमेरीकाको रश विश्वविद्यालयले खोज अनुसन्धान बाट पत्ता लगाएको हो ।

त्यस्तै शरीरको व्यायामसँगै दिमागको पनि व्यायाम गर्ने, थाकान मेट्ने गरी सुत्ने, सबैसँग रमाइलो र राम्रो व्यवहार गर्नाले पनि धेरै कुरा सम्झनामा आउने गर्दछ ।

दिमागको सबैभन्दा ठूलो सत्रु तनाव हो । तनाब कम भए तपाईंको दिमागले सँधै नयाँ सिर्जनसिल कुरा गरिरहेको र सिकिरहेको हुन्छ । साथै स्मरण शक्ति पनि बढ्छ ।

गोलभेँडा , ओखर, स्ट्रबरी, दही, जाइफल, तुलसी, अलैँची, चिया, कफी, बेसार, दालचिनी तथा मरिचको नियमित सेवन गरेर पनि मस्तिष्कको क्षमता वृद्धि गर्न सकिन्छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ११ : ०४ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम