पाकिस्तानमा ७२ वर्षपछि हिन्दू मन्दिर खुल्यो | Khabarhub Khabarhub

पाकिस्तानमा ७२ वर्षपछि हिन्दू मन्दिर खुल्यो


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद-७२ वर्षअघिदेखि बन्द रहेको पाकिस्तानको एक हिन्दू मन्दिर खुलेको छ । पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोट शहरमा रहेको शावला तीजा सिंह हिन्दू मन्दिर खुलेको हो । उक्त मन्दिर सन् १९४७ यता बन्द थियो ।

प्रधानमन्त्री इमरान खानको निर्देशनमा उक्त मन्दिर खोलिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । हिन्दू परम्परा अनुसार हवन् गरी उक्त मन्दिरलाई पुनः सञ्चालनमा ल्याइएको हो । हवन् समारोहमा ठूलो सङ्ख्यामा हिन्दू धर्मावलम्बीको सहभागिता थियो ।

अधिकारीको अनुसार भारत र पाकिस्तान टुक्रिने बेला सन् १९४७ देखि उक्त मन्दिर बन्द थियो । यद्यपि हिन्दू धर्मावलम्बीको मागबमोजिम प्रधानमन्त्री खानको निर्देशनमा मन्दिर ७२ वर्षपछि खोलिएको जनाइएको छ ।

धेरै नै लामो समयदेखि बन्द रहेकाले मन्दिरको अवस्था जीर्ण रहेको र यसको मर्मतका लागि समेत काम थालिने पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । मन्दिरमा भगवान्का मूर्ती भने भारतबाट ल्याइने छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ९ : ०७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र