इन्टरनेटको गति परीक्षण गर्ने प्रणाली जडान गर्दै दूरसञ्चार | Khabarhub Khabarhub

इन्टरनेटको गति परीक्षण गर्ने प्रणाली जडान गर्दै दूरसञ्चार


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट ब्यान्डविथको निरीक्षण प्रणाली जडान गर्ने भएको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथ परीक्षणको प्रणाली जडान गर्ने प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको हो ।

इन्टरनेट सेवा प्रदायकहरूले दिने सेवामा तोकिए बमोजिम ब्यान्डविथ नपाउने गरेको गुनासो सम्बोधन गर्न प्राधिकरणले इन्टरनेटको गति परीक्षण गर्ने आफ्नै प्रणाली र प्रविधि प्रयोगमा ल्याउन लागेको हो ।

करिब १५ लाख रुपैयाँ खर्चेर आफ्नै प्रणाली निर्माण गर्न लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथ निरीक्षण प्रणाली विकासका लागि आवेदन माग गरेको छ ।

प्राधिकरणको दूरसञ्चा सेवा गुणस्तरसम्बन्धी विनियमावलीअनुसार इन्टरनेट सेवा प्रदायकले दिने सेवामा डाटा डाउनलोड दर ८० प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने प्रावधान छ । इन्टरनेटमा डाटा अपलोडको दर ७५ प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने प्रावधान छ ।त्यस्तै सेवा प्रदायकले ग्राहकले खरिद गरेको डाटाको गतिको ७५ प्रतिशतभन्दा बढी डाटाको बहाव हुनुपर्ने विनियमावलीमा उल्लेख छ ।

प्राधिकरणले अहिले विभिन्न थर्ड पार्टी सफ्टवेयर प्रयोग गरी ब्यान्डविथ परीक्षण गर्दै आएको छ । इन्टरनेटमा अधिकतम डाटाको स्थानान्तरण दरलाई ब्यान्डविथमा मापन गरिन्छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ८ : २३ बजे

पशुपतिको विद्युत शवदाह अब निःशुल्क

काठमाडौं– पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क

सलमानको घरबाहिर गोली चलाएको प्रकरणमा पक्राउ युवकले गरे आत्महत्या

एजेन्सी : बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर गोली

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित

काठमाडौं- नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ ।

ऊर्जाविद् डा.मुकेश काफ्लेको ठहर– ‘नेपालमा औद्योगिक लगानीको वातावरण छैन’

तेस्रो लगानी सम्मेलन सकिएको छ । विगतमा भएका दुई वटा

सशस्त्रका १६ डीआईजी र १८ एसएसपीको एकसाथ सरुवा

काठमाडौं- सशस्त्र प्रहरी बलका १६ जना डीआईजी र १८ जना