रोनाल्डोको ह्याट्रिकले पोर्चुगल फाइनलमा | Khabarhub Khabarhub

रोनाल्डोको ह्याट्रिकले पोर्चुगल फाइनलमा


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नेसन्स लिग फुटबलमा पोर्चुगल फाइनलमा प्रवेश गरेको छ ।  स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा स्विटजरल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै पोर्चुगल उपाधि नजिक पुगेको हो ।

खेलको २५ औ मिनेटमा फ्रिकिकमा गोल गर्दै रोनाल्डोले टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । ५७ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै स्विटजरल्याण्ड खेलमा फर्किएको थियो । रिचार्डो रोड्रिग्वेजले स्विस टोलीका लागि गोल गरेका थिए । खेलको अन्तिम तीन मिनेटमा दुई गोल गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गरे र पोर्चुगललाई प्रतियोगिताको फाईनल यात्रा तय गराए ।

८८ औ मिनेटमा बर्नार्डो सिल्भाको पासलाई सदुपयोग गर्दै रोनाल्डोले दोस्रो गोल गरेका थिए । ईटालियन क्लब युभेन्ट्सका स्टार रोनाल्डोले कर्नर पासको सदुपयोग गर्दै ९० औ मिनेटमा ह्याट्रिक पुरा गरे । पोर्चुगलले उपाधिका लागि बिहिबार हुने ईङ्ल्याण्ड र नेदरल्याण्डबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । फाईनल खेल आईतबार पोर्टोमा हुनेछ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ५ : ४१ बजे

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि