अनमोल भर्सेस हेमराज: कसका लागि परीक्षा ? | Khabarhub Khabarhub

अनमोल भर्सेस हेमराज: कसका लागि परीक्षा ?


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘होस्टेल’ बाट अनमोल केसी नयाँ सम्भावनासहित फिल्म क्षेत्रमा उदाए । यही फिल्मले उनलाई फिल्मका दर्शकमाझ चिनारी दियो । नेपाली फिल्म नै नहेर्ने दर्शकलाई पनि फिल्मप्रति रुचि देखाउन केही हदसम्म सफल रहे अनमोल । त्यसपछि अनमोल र हेमराजले फिल्म ‘जेरी’ र ‘गाजलु’ मा एकसाथ काम गरे । दुवै फिल्मले व्यापारिक रुपमा सफलता हासिल गरे । प्रतिक्रिया राम्रै बटुले ।

यता अनमोलविना हेमराजले निर्देशन गरेका फिल्मले भने खासै व्यापारिक सफलता हासिल गर्न सकेनन् । अनमोलले अभिनय गरेको फिल्म ‘कृ’ लाई पनि दर्शकले खासै रुचाएनन् । यद्यपि निर्माण टिमले भने फिल्मले अनमोलकै कारण लगानी उठाएको दावी गर्दै आएको छ ।

तस्वीर – निर्माण टिम

यतिबेला भने फिल्म क्षेत्रमा अनमोल र हेमराज दुवैका लागि फागुन १७ गते परीक्षाको घडी बनेको चर्चा चल्न थालेको छ । सोही मितिमा दुई फिल्म ‘क्याप्टेन’ र ‘ब्रेकअप’ एकसाथ रिलिज हुँदैछन् । ‘क्याप्टेन’ मा अनमोल छन्, जसलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । अर्कातिर हेमराज बिसी निर्देशित फिल्म ‘ब्रेकअप’ पनि सोही मितिमा रिलिज हुँदैछ, जसमा आशिरमान देशराज जोशी र शिल्पा मास्केको जोडी देख्न सकिनेछ ।

द ब्रेकअप फिल्मको एक दृश्य

हेमराज बिसीको निर्देशकीय क्षमताको फिल्मकर्मीले तारिफ गर्ने गर्छन् । तर अनमोललाई नलिई बनाइएका फिल्म आशा गरिएअनुसार नचल्दा कतिपयले हेमराजलाई फिल्म चलाउन अनमोल नै चाहिने हो? समेत भनेर प्रश्न गर्ने गरेका छन् ।

प्रश्नको उत्तर भने दर्शकले फागुन १७ मै दिनेछन् । त्यसो त यी दुई फिल्म जानराका हिसाबले पूरै फरक छन् । अनमोल केसीको फिल्म ‘क्याप्टेन’ स्पोर्टस् जानरामा निर्माण भएको हो भने ‘ब्रेकअप’ ले एउटा सामान्य प्रेमकथा बोकेको छ । यता दर्शकलाई दुवै फिल्मको प्रतीक्षा छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ३ : ५५ बजे

पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गरौँ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित

वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने

काठमाडौं–सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको

साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो 

काठमाडौं– साताको पहिलो काराेबार दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) २४.५८

बागमती प्रदेशमा ११ हजार डेंगु संक्रमित

बागमती– बागमती प्रदेशमा पछिल्लो समय डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको

ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते

काठमाडौं– ललितपुरको ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते