एक वर्षमा ५ दिनसम्म कपडा लगाउँदैनन् महिला ! कारण सुन्दै अचम्म लाग्दो | Khabarhub Khabarhub

एक वर्षमा ५ दिनसम्म कपडा लगाउँदैनन् महिला ! कारण सुन्दै अचम्म लाग्दो


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

अहिलेको आधुनिक विश्वमा पनि कैयौं प्रकारका परम्पराले स्थान पाएको देखिन्छ । केही पम्परा त सुन्दै अचम्म लाग्दा पनि हुन्छन् ।

आज यस्तै परम्पराबारे यहाँ उल्लेख गरिएको छ । भारतको हिमाञ्चल प्रदेशस्थित मणिकर्ण उपत्यकामा यस्तो पनि परम्परा छ, जसअनुसार विवाहित महिलाले १ वर्षमा ५ दिनसम्म निर्वस्त्र अथात् नाङ्गै बस्नुपर्ने हुन्छ ।

यहाँका महिला वर्षमा ५ दिनसम्म शरीरमा कुनैपनि कपडा लगाउँदैनन् । यस्तो अवस्थामा महिलाहरु पुरुषको सामुन्ने देखा पर्दैनन्, एकदम एकान्त स्थानमा बस्ने गर्छन् । हरेक वर्षकाे १७ अगस्टदेखि ५ दिनसम्म यस्ताे यहाँका महिलाले कपडा लगाउन पाउँदैनन् ।

यो परम्पराको पछाडि एक रोचक इतिहास लुकेर बसेको छ । स्थानीयका अनुसार धेरै वर्ष पहिले यो गाउँमा एक राक्षसले कपडा लगाएका महिला उठाएर लैजाने गर्थ्याे। सुन्दर कपडा लगाएका महिला देख्नेवित्तिकै राक्षसले उठाएर लैजान्थ्यो । धेरै समयसम्म राक्षसको यस्तो आतंक रहेपछि स्थानीयले जुक्ति निकाले, राक्षसबाट बच्न महिलाले कपडा नै नलगाउने ।

धार्मिक कथाअनुसार देवताले राक्षसको वध गरे पनि महिला नांगै बस्नुपर्ने परम्परा भने कायम रह्यो । यदि कुनै महिलाले यो परम्परा निभाएनन् भने, यसलाई अशुभ संकेतका रुपमा अर्थ्याइने गरिन्छ । यो परम्पराका अनुसार महिलालाई ५ दिनसम्म हाँस्न पनि मनाही छ ।

तर, पछिल्लो समय भने यो परम्परामा केही पविर्तन आएको छ । महिलाहरु निवस्त्र बस्नुभन्दा पनि पातलो कपडा लगाउन थालेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ९ : ५५ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको