राजधानी दैनिकको समाचारः गरिबी निवारण कोषमा करोडौं घोटाला | Khabarhub Khabarhub

राजधानी दैनिकको समाचारः गरिबी निवारण कोषमा करोडौं घोटाला


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले गरिबी निवारण कोषमा करोडौं घोटाला भन्ने शीर्षकमा मुख्य समाचार छापेको छ । राजधानी दैनिकका अनुसार परामर्शदाता छनोटदेखि जिन्सी सामानमा अनियमितता भएको उल्लेख गरेको छ ।

त्यसैगरी ४ करोडका १ हजार १५ आइटम जिन्सी सामान गायब भएको र कार्यकारी निर्देशकको नाममा बेरुजु भएको जनाएको छ ।  छानविन प्रतिवेदन कोषबाट इनकम जेनेरेसन आफ प्रोजेक्टअन्तर्गत ३२ हजार १ सय ९६ सामुदायिक संस्थासँग सम्झौता गर्ने क्रममा गरिएको ३७ करोड ९६ लाख ५६ हजार ९० रुपैयाँमा गम्भीर प्रश्न उठाइएको छ ।

पत्रिकाले महाराजगन्ज–टेकु सडक खण्डमा २ सय ५० खाल्डाखुल्डी, ज्यानै जोखिममा शीर्षकमा अर्को समाचार छापेको छ । त्यस्तै नेकपाको एकताका विषयमा कार्यदलले प्रतिवेदन नबुझाएर सचिवालयको निर्देशन उल्लंघन गरेको समाचार छापेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले एक वर्ष नपुग्दै जनविरोधी र राष्ट्रहित विपरितका कार्यमा कीर्तिमानी बनाएको आरोप सहितको अर्को समाचार छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ६ : ५७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड