कैदीबन्दीका कुरा गीतमा | Khabarhub Khabarhub

कैदीबन्दीका कुरा गीतमा


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माया, प्रेम र सामाजिक विषयवस्तु समेटिएका थुप्रै गीतसंगीत सार्वजनिक भएका छन् । तर यही समाजमा जेल जीवन बिताइरहेका कैदीबन्दीको दुःख पीडा र भोगाईका गीत सायदै बनेका होलान् । यसैले पनि गीतकार सूर्यबहादुर तामाङले हालै सार्वजनिक गरेको ‘जेलको गेटैमा’ बोलको लोकदोहोरी गीतले कैदीबन्दीका लागि विशेष महत्व राख्ने छ ।

विभिन्न परिबन्धमा परेर अहिले जेल जीवन बिताइरहेका तामाङले लेखेको ‘जेलको गेटैमा’ बोलको लोकदोहोरी गीत हालै सार्वजनिक भएको छ ।

लोक गायक रामजी खाँड र गायिका शान्ति श्री परियारले गाएको गीत ललितपुरस्थित नख्खु कारागारभित्रै विमोचन गरिएको छ । यो गीतलाई कारागारबाट बनेको नेपालको इतिहासमा पहिलो गीत भएको दावी गीतकार तामाङले गरेका छन् ।

जेल जीवन बिताएका थुप्रै व्यक्तिले जेल जीवनपछि विभिन्न कृति सार्वजनिक गरे पनि जेल सजाय भुक्तान गरिरहेकै अवस्थामा यस किसिमको गीत बनेको थिएन । बिशाल निरौलाले संगीत संयोजन गरेको गीत तयारका क्रममा कारागार प्रशासन, कारागार सुरक्षा विभाग र कारागार भित्रको आन्तरिक प्रशासनले गरेको सहयोगप्रति गीतकार तामाङले कृतज्ञता प्रकट गरेका छन् ।

नेपाल सरकारले कारागारलाई सजाय भुक्तान गर्ने थलोको रुपमा नभइ सुधार गृहको रुपमा अघि बढाइरहेको अवस्थामा जेल जीवन बिताइरहेका कैदीबन्दी सिर्जनात्मक कार्यमा लाग्नुलाई सकारात्मक रुपमा लिनु पर्ने कारागार अधिकारीहरुको भनाइ छ । यसबाट आफुलाई हौसला तथा प्रेरणा मिलेको गीतकार तामाङले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ११ : ३९ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला