घुस प्रकरणमा मुछिएपछि दोलखाका सीडीओ गृहमा तानिए | Khabarhub Khabarhub

घुस प्रकरणमा मुछिएपछि दोलखाका सीडीओ गृहमा तानिए


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा— घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई जिम्मेवारीबाट हटाइएको छ ।

रिजाललाई गृह मन्त्रालय तानिएको छ । मुद्दा मिलाइदिने भन्दै सिडिओ रिजालले पटक–पटक घुस लिएको भन्दै पीडितले बिहीबार पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरेका थिए ।

रिजाललाई दोलखाको प्रजिअबाट हटाउने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । तर दोलखाको सीडीओमा कसलाई पठाउने भन्ने निर्णय भने भइनसकेको उनको भनाइ छ ।

प्रजिअ रिजालमाथि मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानले ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङले २१ हजार घुस लिएको आरोप पत्रकार सम्मेलन गरेर लगाएका थिए ।

रिजालमाथि घुस लिएको नलिएको बारे थप छानबिन गरिने प्रवक्ता शर्माले बताए । ग्रृह स्रोतका अनुसार रिजालले पहिला घुस लिएपनि विवाद भएपछि फिर्ता गरेका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  २ : ५८ बजे

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

काठमाडौं- ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ

क्रिकेटर सन्दीपको मुद्दा न्यायाधीश निरौला र ढुंगेलको इजलासमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय