सवारी दुर्घटनाले पैदलयात्री असुरक्षित | Khabarhub Khabarhub

सवारी दुर्घटनाले पैदलयात्री असुरक्षित


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- सडक दुर्घटना हाम्रा लागि सामान्य भइसकेको छ । नेपालगञ्जमा दिनहुँजसो सानाठूला दुर्घटना भइरहेका हुन्छन् । कतिपय दुर्घटना भयानक हुन्छन् त कतिपय सामान्य । तर, दुर्घटनामा पर्ने र सोबाट तिनका परिवारले ब्यहोर्नुपरेको क्षतिका बारेमा सम्बन्धित निकाय संवेदनशील बन्न सकेका छैनन् ।

सामान्य अर्थमा मानवीय कमजोरीकै कारण सडक दुर्घटना हुने गर्छ र यो भवितव्य घटना हो भन्ने आम बुझाइ छ । यही बुझाइका कारण पछिल्लो समय नेपालगञ्जमा भएका सडक दुर्घटना नियमित र भवितव्य झैँ बन्न पुगेका देखिन्छन् । पछिल्लो समय नेपालगञ्ज–कोहलपुर सडकखण्डमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । विशेषगरी नेपालगञ्ज–कोहलपुर सडकखण्डमा कुद्ने सवारी साधनको निशानामा पैदलयात्रु पर्ने गरेका छन् ।

केही महिनाअघि मात्र मोटरसाइकलको ठक्करबाट नर्सिङहोम अगाडि पैदलयात्रु एक महिलाको मृत्यु भयो । हप्ता दिनअघि मात्र काठमाडौँबाट नेपालगञ्ज आउँदै गरेको लु२ख २१४८ नंको बस गनापुरमा पल्टियो १२ जना घाइते भए । बाटो काट्दा मात्रै होइन, सडकको छेउबाट हिँड्दासमेत सवारीको ठक्करले पैदल यात्रुले ज्यान गुमाएका छन् ।

नेपालगञ्ज वीरेन्द्र चोक गुल्म नजिक भेरी पेट्रोलपम्प सामुन्ने बुधबार दिउँसो मिनी ट्रकले कुचल्दा नेपालगञ्ज वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी कार्यालय सहयोगी बलबहादुर रावल र जुम्ला चन्दनाथ नगरपालिका बस्ने नरजीत बुढाको मृत्यु भयो ।

मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते दुवै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । यी त केही उदाहरण मात्र हुन् । सडकमा सबैभन्दा पहिलो प्राथमिकता पैदलयात्रुलाई दिनुपर्ने मान्यता छ । नेपालगञ्जका सडक पैदलयात्रुकै लागि सबैभन्दा असुरक्षित बनिरहेका छन् । सवारीसाधनको लापरवाहीले गर्दा अनाहकमा ज्यान गइरहेको छ । नेपालगञ्जमा अधिकांश चालक नियमभित्र रहेर सवारी साधन चलाउँदैनन् ।

सडकभरि अव्यवस्थित तरिकाले गुडिरहेका सवारी साधनको अत्यास लाग्दो चाप र एकअर्कालाई उछिन्ने उद्देश्यले चलाइने सवारी साधनबाट यात्रा गरिरहेका यात्रु मात्र नभई सडकमा हिँडिरहेका निर्दोष पैदल यात्रुसमेत मृत्युको मुखमा पर्ने गरेका छन् । साँघुरो सडकका कारण सास्ती भोगेका नेपालगञ्जका यात्रुले चार लेन सडक बनेपछि यात्रा सहज हुने विश्वास गरेका थिए । तर सडक चौडा भए पनि ट्राफिक प्रहरीको जाँगर नचेलका कारण यति बेला दुर्घटनाको जोखिम बढेर आएको छ ।

दिनहुँजसो गुड्ने सवारी साधनले सडकमा पैदलयात्रा गरिरहेका यात्रुलाई आफ्नो सिकार बनाइरहँदासम्म पनि सम्बन्धित निकायको यसतर्फ ध्यान जान सकेको छैन । बजारक्षेत्रमै तीव्रगतिमा गुड्ने सवारी साधनले पैदलयात्री र अन्य सवारी चालकको सातोपुत्लोसमेत लिने गरेको छ ।

सडक बीच भागमा छाडा चौपाया आवतजावत गर्ने, बीच सडकमै बस्ने, सडकपेटी मिचेर खोलिएका पसल, सडकभरि अव्यवस्थित पार्किङ, मनपरी सडक काट्ने र सवारी साधन रोक्ने जस्ता कारणले दैनिकजसो सवारी दुर्घटना भइरहेका छन् ।

उपमहानगरपालिका ट्राफिक व्यवस्थापनमा ट्राफिकले कञ्जुस्याइँ गरेपछि यतिबेला नगरका विभिन्न चोक, गल्ली तथा सडक अस्तव्यस्त हुनुका साथै हिँडडुल गर्नसमेत अप्ठ्यारो बन्न पुगेको छ ।

नेपालगन्जमा ट्राफिक व्यवस्थापन हुन सकेको छैन । ट्राफिक व्यवस्थापनमा जिल्ला ट्राफिक कार्यालय उदासिन बन्दा सर्वसाधारणको मृत्यु भइरहेको छ । सडक पेटी ओगेटर राखिएका फुटपाथ पसल, ठेला र मनपरी ठाउँमा पार्किङ गरिएका सवारीसाधनले उपमहानगरको स्वरुप नै कुरुप बनाएको छ ।

विभिन्न चोक र सडकको बीचभागमै इ–रिक्सा, अटो र ठेलाको आतङ्क नै छ । बिहान र साँझ मात्रै ट्राफिक व्यवस्थापनमा सक्रिय रहने ट्राफिकको मतलव नगरेर सवारी चालक, फुटपाथ पसलेले आफ्ना दबदबा कायम गरिरहेका छन् । अर्कोतर्फ नेपाल प्रहरी र उपमहानगरपालिकाको नगर प्रहरीलाई ट्राफिक व्यवस्थापनमा रत्तिभरि पनि वास्ता नै छैन ।

जिल्ला ट्राफिक कार्यालयले सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार जिल्लामा भएका सानाठूला सडक दुर्घटनामा परेर यसअघि ६० ले अनाहकमा ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७५/०७६ को एक तथ्याङ्कअनुसार जिल्लामा सवारी दुर्घटनामा परी ४२ पुरुष, १४ महिला र चार बालकले ज्यान गुमाएका हुन् । दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्यासँगै घाइते हुनेको सङ्ख्या पनि बढेको छ । गत आवमा भएका दुर्घटनामध्ये ९९ ठूला दुर्घटनामा परी ४५ पुरुष, २३ महिला, सात बालक र एक बालिका गरी ७५ गम्भीर घाइते भए ।

यस्तै ५४ पुरुष, २९ महिला र तीन बालिका गरी ८६ सामान्य घाइते भएका दुई पशुचौपायाको मृत्यु हुनुका साथै एक घाइते भएकोसमेत ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ ।

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार जिल्लामा प्रत्येक हप्ता सरदर दुई सवारी दुर्घटनामा पर्ने गरेका छन् भने प्रत्येक हप्ता कम्तीमा एकको मृत्यु अनि तीन गम्भीर घाइते हुने गरेका छन् । यी सबै दुर्घटनाका प्रमुख कारण भने चालकको लापरवाही, तीव्र गति, अव्यवस्थित पार्किङलाई नै औँल्याइएको छ । तथ्याङ्कअनुसार गत आवमा ९९ ठूला दुर्घटनामध्ये सबैभन्दा धेरै तीव्र गति र लापर्वाहीका कारण भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार पैदल यात्रुले असुरक्षितरुपमा जहाँबाट पायो त्यहीँबाट बाटो काट्दा दुर्घटनाको जोखिम धेरै भएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १ : ५२ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र