निरीह गुठी संस्थान : आफ्नै जग्गाको विवरण थाहा छैन | Khabarhub Khabarhub

निरीह गुठी संस्थान : आफ्नै जग्गाको विवरण थाहा छैन


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–देशभर १४ लाख रोपनी जग्गा भएको गुठी संस्थानलाई सरकारले नै निरीह बनाएको छ । संस्थान कमजोर बन्दा गुठीका जग्गा अतिक्रमण गर्ने चलखेल बढ्दो रहेको नागरिक दैनिकमा खबर छ ।

१४ लाख रोपनी जग्गा र तीन अर्ब रुपैयाँ नगद । सरकारबाट ३५ अर्ब रुपैयाँ पाउनै बाँकी । गुठी संस्थानसँग रहेको नगद तीन अर्ब र सरकारबाट पाउनुपर्ने ३५ अर्ब जोड्दा ३८ अर्ब रुपैयाँ हुन आउँछ । सरकारअन्तर्गत स्वायक्त गुठी संस्थान सबैभन्दा धनी संस्था भए पनि सरकारले नै यसलाई निरीह बनाएको छ।

त्यस्तै सरकारले एक वर्षको अवधिमा विकासका क्षेत्रमा गरेको काम विगतभन्दा फरक देखिएको छैन । कानुन निर्माणका क्रममा उपलब्धी नै देखिएपनि विकासक्रम भने विगतमाभन्दा फरक नदेखिएको हो ।

घुस प्रकरणमा अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकसँग बयानको तयारी थालिएको छ । अख्तियारले उनलाई बयानका लागि डोकेको छ ।

त्यस्तै पोखरामा प्याराग्लाइडिङ दुर्घटना बढ्न थालेको छ । तीन दिनमा चार दुर्घटना भएका छन् । विदेशी पाइलटलाई नेपाली आकाशमा उड्न कुनै पनि तालिम नदिइने गर्दा पनि दुर्घटना बढेको पाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ७ : ०७ बजे

धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट बिहीबार लागूऔषधसहित ६ जना पक्राउ परेका

ब्याण्डविथ खरिद वापतको भुक्तानीमा कुनै अवरोध छैन : मन्त्रालय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा