वीपी राजमार्गको जामले यात्रुलाई सास्ती (फोटोफिचर) | Khabarhub Khabarhub

वीपी राजमार्गको जामले यात्रुलाई सास्ती (फोटोफिचर)


१८ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दशैं मनाउने उमंगसहित घर हिँडेका यात्रु अहिले बाटोमा भएको जामले सास्ती बेहोर्न बाध्य छन्।

वीपी राजमार्ग हुँदै जाने सवारीको संख्या बढेसँगै जाम पनि बढेको हो ।

कलंकी नागढुंगा भएर उपत्यका बाहिरने ठूला सवारीको जाम कम भएपनि साँगाको नाका भएर पूर्वी नेपाल जाने सवारीको संख्या बढी हुनुका साथै बाटो सानो भएकाले जाम धेरै भएको हो ।

जामका कारण धेरै यात्रा गर्न नसकिएको बताउँदै यात्रारत यात्रुले कतिबेला घर पुग्ने भन्ने अन्यौलता बढेको बताएका छन् ।

यात्रुलाई सकस

यात्रुको चाप बढेसँगै यातायात व्यवसायीले जोखिमपूर्ण रुपमा यातायातका साधन सञ्चालन गर्न थालेका छन् ।

काठमाडौंमा चक्रपथ तथा स्थानीय रुटमा चल्ने सवारी साधनलाई नै व्यवसायीले लामो रुटमा सञ्चालन गरेपछि दशैंका लागि हिँडेका यात्रुले जोखिम बढ्ने भन्दै चिन्ता गर्न थालेका छन् ।

काठमाडौंमा गुड्ने नेपाल यातायातलगायतका कम्पनीका छोटा र साना बस नै अहिले लामो दूरीको साधनका रुपमा गुडाइएको पाइएको छ ।

लामो दूरीका सवारी गुडाउने चालकले पनि आराम नगरी गाडी गुडाउँदा जोखिम बढेको यात्रुहरुले बताएका छन् ।

यता प्रहरीले भने सवारीको अवस्था हेरेर मात्र लामो दूरीमा चल्न दिएको भन्दै यस्ता सवारीको अनुगमन हुने र बीच बाटोमा चेक गरिने जनाएको छ ।

हेर्नुहोस् वीपी राजमार्गमा भएको जामका तस्वीर

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  १ : ४८ बजे

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी