जतिबेला पनि न पिउनुस् पानी, पुग्ला हानी | Khabarhub Khabarhub

जतिबेला पनि न पिउनुस् पानी, पुग्ला हानी


१८ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीवित प्राणीका लागि पानी नभइ नहुने अति आवश्यक ‘तत्व’ हो । मानवीय स्वास्थ्यका लागि पानी लाभदायक पनि छ ।

पानीको मात्रा शरीरमा कम भयो भने विभिन्न समस्या देखा पर्छ, त्यसै पानी पिउन कन्जुस्याई नगर्नुस् ।

तर, पानी कतिबेला कसरी सेवन गर्ने भन्ने वियमा चाहिँ विचार गर्नुपर्ने हुन्छ ।

चिकित्सकहरुको सल्लाहा अनुसार, प्रत्येक दिन कम्तिमा ठूलो गिलास (५०० एमएल)को ८ गिलास अर्थात् ४ लिटर शुद्ध पानी पिउनु पर्छ ।

तर, यो पानी पिउने पनि समय हुन्छ । यहाँ हामीले पानी कुनबेला कति पिउने भनेर केही सुझाव उल्लेख गरेका छौं ।

– चिकित्सकहरुका अनुसार, विहान उठ्नासाथ खाली पेटमा १ गिलास पानी पिउनु स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । विहानै पिएको पानीले शरीरका अंगहरुलाई क्रियाशिल हुन मद्दत गर्छ ।

– हामीले खाना खानु भन्दा कम्तिमा ३० मिनेट अगाडि १ गिलास पानी पिउनु पर्छ । यसो गर्दा हामीले खाएको पानीले पाचन प्रणालीलाई सहयोग पुर्‍याउँछ ।

– चिकित्सकहरुका अनुसार, खाना खाइसकेपछि करिब आधा घण्टापछि एक गिलास पानी पिउनु पर्छ, यसरी पानी पिउँदा शरीरको पाँचन शक्तिलाई सहयोग गर्छ ।

– नुहाउने समय भएको छ या नुहाउन जाँदै हुनुहुन्छ भने त्यो भन्दा पहिले पनि एक गिलास पानी पिउनु लाभदायक मानिन्छ । जसले रक्तचापको स्तर सन्तुलनामा राख्न मद्दत गर्छ ।

– राति सुत्नु भन्दा अघि एक गिलास पानी पिउनु पनि स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । यसले रातीको समयमा शरीरमा हुने पानीको नोक्सानको पूर्ति गर्छ ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  ८ : ०६ बजे

सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

सुर्खेत– सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर(७, स्थित मालपोत

अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

म्याग्दी– समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री

सर्लाही– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र

भारत विदेशीलाई घृणा गर्ने मुलुक होइन : विदेशमन्त्री जयशंकर

नयाँदिल्ली– भारतका विदेशमन्त्री एस. जयशंरले भारत विदेशीलाई घृणा गर्ने मुलुक

महानगरको सिप मेला-१९ गतेसम्म फाराम भर्नेहरुको तालिम तालिका वैशाख २८ गतेभित्र उपलब्ध गराइने

काठमाडौं–  ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९