बेलायती प्रधानमन्त्रीका भाइ जो जोनसनले दिए पदबाट राजीनामा | Khabarhub Khabarhub

बेलायती प्रधानमन्त्रीका भाइ जो जोनसनले दिए पदबाट राजीनामा


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- बेलायती प्रधानमन्त्री बोरिस जोनसनका भाइ जो जोनसनले पदबाट राजीनामा दिएका छन् ।

आफ्ना दाजुले बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटका लागि गरिरहेको प्रयासप्रति असन्तुष्टि जनाउँदै जो जोनसनले सांसद् तथा मन्त्रीको पदबाट राजीनामा दिएका हुन् ।

बेलायती व्यापारमन्त्री समेत रहेका जो जोनसनले ट्विट गर्दै आफू पारिवारिक वफादारिता र राष्ट्रिय हितका बीचमा मुछिएका कारण राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनी दक्षिणपूर्वी लण्डनको ओप्रिङ्टन निर्वाचन क्षेत्रबाट विगत ९ वर्षयता सांसद् रहँदै आएका थिए । आफ्नो भूमिकामा समाधान नै गर्न नसकिने तनाव उत्पन्न भएकाले आफूले राजीनामा दिएको उनको भनाइ छ ।

प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो मन्त्रिपरिषद्मा आफ्ना भाइ जोलाई व्यापार मन्त्रीको जिम्मेवारी दिएका थिए । प्रधानमन्त्री जोनसनविरुद्ध संसद्ले एकपछि अर्को प्रस्ताव पास गरेपछि बेलायती प्रधानमन्त्री हाल ठूलो दबाबमा छन् ।

उनले बिना कुनै सम्झौता ईयूबाट बाहिरिने सक्दो प्रयास गरिरहेपनि संसद्ले बिना सम्झौता बेलायतलाई ईयूबाट बाहिरिन रोक्नका लागि हालै संसद्मा प्रस्ताव पारित गरिकेको छ ।

त्यसबाहेक उनले बेलायतमा आम निर्वाचनको माग गरेपनि बिना सम्झौता ईयूबाट बाहिरिने विषय नटुङ्गिएसम्म त्यसो गर्न समेत नसकिने संसद्ले स्पष्ट पारिसकेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ७ : १७ बजे

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।