डेंगुको संक्रमण देखिएका मन्त्री खनाललाई 'आईसीयू'मा सारियो | Khabarhub Khabarhub

डेंगुको संक्रमण देखिएका मन्त्री खनाललाई ‘आईसीयू’मा सारियो


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाललाई नर्मल वार्डबाट आईसीयूमा सारिएको छ ।

स्वास्थ्यमा डेंगुको संक्रमण देखिएपछि ग्राण्डि अस्पतालको नर्मल वार्डमा भर्ना भएका मन्त्री खनाललाई थप उपचारका लागि आईसीयूमा सारिएको अस्पताल स्रोतले जनाएको छ ।

गत शुक्रबार हेटौंडाबाट फर्किएका खनाललाई ज्वरो आएपछि अस्पताल पुगेका थिए । ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए ।

निदान हस्पिटलले डेंगु भएको आशंकामा मन्त्री खनाललाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरेको थियो ।

शुक्रराज अस्पतालमा रगत परीक्षण गराउँदा डेंगु भएको पुष्टि भएपछि उनलाई  बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरी  स्वास्थ्य उपचार शुरु गरिएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ६ : ५० बजे

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार