अमेरिकामा भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु, बुवा, आमासहित छोरीको ज्यान गयो | Khabarhub Khabarhub

अमेरिकामा भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु, बुवा, आमासहित छोरीको ज्यान गयो


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा भएको सवारी दुर्घटनामा तीन जना नेपालीको ज्यान गएको छ ।

अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा गोविन्द खनाल, पत्नी शान्ता खनाल र उनीहरुका छोरी श्रद्धा खनाल ओझा रहेका छन् ।

घटनामा दुई जना घाइते भएका छन् । जसमध्ये श्रद्धाका पति प्रभास ओझाको अवस्था स्थिर रहेको छ भने उनीहरुकी ४ वर्षीय छोरीको अवस्था चिन्ताजनक रहेको छ ।

मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक लाइटमा रोकिएको उनीहरुको सवारीलाई पछाडिबाट आइरहेको पिकअप ट्रकले ठक्कर दिएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १२ : ०० बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन