१६ किलो सुन तस्करी प्रकरण– ३५ करोड ६६ लाख जरिवाना माग गर्दै मुद्दा दायर | Khabarhub Khabarhub

१६ किलो सुन तस्करी प्रकरण– ३५ करोड ६६ लाख जरिवाना माग गर्दै मुद्दा दायर


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– राजस्व अनुसन्धान विभागले १६ किलो सुनसहित पक्राउ परेका धनकमल गुरुङविरुद्ध रु ३५ करोडभन्दा बढी जरिवाना र छ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको छ ।

गएको साउन ९ गते पक्राउ परेका धार्चे गाउँपालिका–३ केरौँजाका गुरुङविरुद्ध विभागले रु ३५ करोड ६६ लाख ७२ हजार जरिवाना माग गरेको हो ।

विभागले आफ्नो अनुसन्धान पूरा गरी जिल्ला अदालत गोरखामा उक्त माग दाबीसहित मुद्दा दर्ता गरेको अदालतका स्रेस्तेदार विनोदप्रसाद अधिकारीले जानकारी दिए । विभागबाट सुन तस्करीसम्बन्धी अनुसन्धान सकेर मिसिल र अभियोगपत्र अदालतमा प्राप्त भएको उनले बताए ।

“अहिलेसम्मको अनुसन्धानको सम्पूर्ण मिसिल र अभियोग पत्र प्राप्त भएको छ”, जिल्ला अदालतका स्रेस्तेदार अधिकारीले भने, “प्रतिवादीविरुद्ध राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दर्ता गरिएको छ ।” राजस्व अनुसन्धान विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्दा दर्ता गराएको हो ।

प्रतिवादी गुरुङले बयान क्रममा आफूले लोप्साङ लामा भन्ने व्यक्तिबाट सुन लिएको बताएका छन् । गुरुङले दिएको बयानका आधारमा लामाको पूरा ठेगाना खुलेमा लोप्साङ लामाविरुद्ध पूरक अभियोग लगाएर अनुसन्धान गरिने अभियोग पत्रमा उल्लेख छ । बरामद भएको सुनको मूल्य आठ करोड ९१ लाख ६८ हजार रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ६ : ४८ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास