संसद सुचारु गर्न दलहरु सहमत, ७ सदस्यीय विशेष समिति गठन | Khabarhub Khabarhub

संसद सुचारु गर्न दलहरु सहमत, ७ सदस्यीय विशेष समिति गठन


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  लगातारजसो अवरुद्ध भइरहेको संसद वैक सुचारु गर्न दलहरु सहमत भएका छन् ।

सोमबार सभामुख कृष्णबहादुर महरासँगको सर्वदलीय छलफलमा दलहरु संसदको जारी गतिरोध अन्त्य गरि संसदलाई प्रभावकारी बनाउन सहमत भएका हुन् ।

फेरि यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नाका लागि संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने विषयमा पनि दलहरुबीच सहमित जुटेको छ ।

विशेष समितिको संयोजक पूर्वसभामुख एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे स‌ंसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ छन् ।

समितिका अन्य सदस्यहरुमा नेकपाबाट देव गुरूङ र विन्दा पाण्डे, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम र मिनेन्द्र प्रसाद रिजाल, राष्ट्रिय जनता पार्टी
(राजपा)बाट लक्ष्मणलाल कर्ण र समाजवादी पार्टी नेपालबाट उमाशंकर अरगरिया छन् ।

यो समितिले संसदमा फेरि यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नाका लागि अध्ययन गर्ने छ । समितिले ३० दिनभित्र सदनसमक्ष आफ्नो प्रतिवेदन बुझाउने जनाइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १ : २३ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा