जब ‘मेरो एउटा साथी छ’ का कलाकारको संयोगवश भेट भयो (फोटो फिचर) | Khabarhub Khabarhub

जब ‘मेरो एउटा साथी छ’ का कलाकारको संयोगवश भेट भयो (फोटो फिचर)


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – दश वर्षअघि प्रदर्शन भएको ‘मेरो एउटा साथी छ’ को अहिले पनि उत्तिकै चर्चा हुने गर्छ । एक कोरियन फिल्मको कथालाई तोडमोड पारेर निर्माण गरिएको यो फिल्ममा आर्यन सिग्देल र नम्रता श्रेष्ठको शीर्ष भूमिका थियो । फिल्ममा सर्पोटिङ कलाकारका रुपमा दयाहाङ राई थिए । धेरैले उनलाई नोटिस पनि गरेनन् त्यतिबेला ।

समीक्षकले भने उतिबेलै लेखिदिएका थिए, सपोर्टिङ भूमिका निभाएका दयाहाङ राईले राम्रो अभिनय गरेका छन् ।

झण्डै दश वर्षपछि ‘मेरो एउटा साथी छ’ का यी तीन पात्र राजधानीको एक रेष्टुरेन्टमा संयोगवश भेट भए । रमाइलो कुरा त के छ भने यी तीनै जना आफ्ना फिल्मको प्रचारका क्रममा भेट भएका थिए । नायिका नम्रता श्रेष्ठ चलचित्र ‘जाइरा’ मार्फत दर्शकमाझ आउँदैछिन् ।

यता आर्यन सिग्देल ‘हजार जुनीसम्म’ लिएर आउँदैछन् भने दयाहाङ राई चलचित्र ‘कबड्डी ३’ मार्फत दर्शकमाझ हाजिर हुँदैछन् ।

‘फ्रेन्डशीप डे’ का दिन संयोगवश भेट भएका आर्यन, नम्रता र दयाहाङले एकआपसमा खुशी साटे । यो संयोगले तीनैजनालाई खुशी तुल्याएको थियो । दयाहाङ राई भन्दै थिए, ‘नम्रतासँग त कहिलेकाहीँ भेट हुन्थ्यो तर आर्यनसँग भेट नभएको धेरै भएको थियो, आज संयोगवश भेट भयो  त्यो पनि फ्रेण्डशीप डेको दिन ।’

संयोगवशको भेटमा तीनैले एकआपसका तस्वीर खिचेका थिए ।

तस्वीरहरू: अदिप श्रेष्ठ

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १२ : ५९ बजे

रोमाञ्चक मोडमा आईपिएलः यस्तो बन्दैछ समीकरण

यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल) रोमाञ्चक मोडमा पुगेको छ।

पारस खड्का भन्छन् – ‘मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउँछु’

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक

नारायणगढ-मुग्लिन सडकमा निर्माणाधीन पुलको काम तीव्र

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी, व्यवस्थापनमा समस्या

दमौली– जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।