‘कमेडी च्याम्पिएन’ हुने, जित्नेले पाउनेछन् ५० लाख | Khabarhub Khabarhub

‘कमेडी च्याम्पिएन’ हुने, जित्नेले पाउनेछन् ५० लाख


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  आउँदो भदौमा स्ट्यान्डप कमेडी (हास्य प्रधान) प्रतियोगिता ‘कमेडी च्याम्पिएन’ हुने भएको छ । मुलुकभरबाट प्रतिस्पर्धी उतार्ने गरी प्रतियोगिताको आयोजना गर्न लागिएको हो । बिहीवार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा कार्यक्रमका बारेमा जानकारी दिइयो ।

कार्यक्रमका निर्देशक विशाल भण्डारीका अनुसार प्रतियोगितामा वरिष्ठ हास्य अभिनेता सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायकका रुपमा रहनेछन् । कमेडी विधालाई प्रतियोगिताका रुपमा प्रस्तुत गर्न लागिएको प्रतियोगितामा भाग लिन चाहनेले ‘कमेडी च्याम्पियन’को एप्स डाउनलोड गरी ३ मिनेटको भिडियो पठाउनुपर्ने आयोजकले जनाएको छ ।

आयोजकले ती भिडियोलाई हेरेर उत्कृष्ट चयन गरेकालाई अडिसनमा लिइनेछ । विभिन्न शहरमा अडिसन गराइनेछ । यसरी
अडिसनबाट चयन भएकाहरुमध्ये उत्कृष्ट २५ बाट उत्कृष्ट १५ हुँदै उत्कृष्ट ३ लाई फाईनलमा उतार्ने पनि कार्यक्रम निर्देशक, आयोजक भण्डारीले जानकारी दिए ।

उत्कृष्ट तीनबाट दर्शकको भोट  र निर्णायकको निर्णयको आधारमा एक जनालाई उत्कृष्ट कमेडी च्यम्पिएन घोषणा गरिने जनाइएको छ । कमेडी च्याम्पियनको उपाधि बिजेताले २५ लाख रुपैयाँ बराबरको कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

कार्यक्रमको होस्ट रीमा विश्वकर्माले गर्नेछिन् । यसअघि उनी रियालिटी शो नेपाल आइडलमा पनि देखिएकी थिइन् । यो शोमा अभिनेत्री केकी अधिकारी, राज घिमिरे र सृजा थपलिया रहने छन् ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ५ : १७ बजे

युद्धविराम वार्ता गर्न हमासका प्रतिनिधि कायरो जाने

एजेन्सी – गाजापट्टीमा सक्रिय प्यालेस्टाइनी हमास समूहले इजरायलसँग युद्धविरामसम्बन्धी वार्ता

उद्यमशीलताको विकासबिना मुलुक समृद्ध बन्दैन : उद्योगमन्त्री

अछाम– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन

युद्धविरामको जवाफ दिन हमासलाई एक साताको समय

काठमाडौं– इजरायलले हमासलाई युद्धविराम र बन्धकहरूको रिहाइको पछिल्लो प्रस्तावको जवाफ

विद्युत लाइन भूमिगत गर्न प्राधिकरणले ६ फिडरमा बिजुली काट्ने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन भूमिगत गर्न काठमाडौं

लोकतन्त्रप्रति जनताको भरोसा जगाउने उपयुक्त औजार सूचनाको हक़ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त